दृष्टि मिडियाविरुद्ध अवहेलना मुद्दामा सम्पादकद्वयसँग बयान सुरु
बिहीबार, असार १२, २०८२
काठमाडौं – दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बाविरुद्ध अवहेलना मुद्दामा विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतको पूर्ण इजलासमा सम्पादकद्वयसँग बयान लिने कार्य भइरहेको छ ।दृष्टि मिडियाविरुद्ध विशेष अदालतका कर्मचारीहरुले प्रतिवेदन तयार गरी तीन दिनभित्र जवाफ दिन आदेश दिएपछि आज बयान सञ्चार क्षेत्र तरंगित छ ।