लुम्बिनी प्रदेशको बेरुजु साढे ४ अर्ब नाघ्यो, १७ करोड ४० लाख असुल गर्नुपर्ने
बिहीबार, असार १२, २०८२
बुटवल – लुम्बिनी प्रदेशमा हालसम्म बेरुजु ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनिक गरेको सातै बार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०-०८१ सम्मको लेखा परीक्षणमा साँढे ४ अर्ब बढीको बेरुजु देखिएको हो ।महालेखाका अनुसार हालसम्मको बाँकी बेरुजू गत वर्षभन्दा १३.७८ प्रतिशतले बढेको छ। प्रदेश सरकारी कार्यालय र समिति तथा अन्य संस्थाको लेखापरीक्षणबाट आर्थिक वर्ष २०८०-८१ मा मात्रै ६५ करोड ८२ लाख १६ हजार बेरुजु देखिएको छ ।