नेपालमै धेरै विद्यार्थी रहेकाे बुटवलकाे कालिकाका ७ जनाले ल्याए चार जिपिए
शनिबार, असार १४, २०८२
बुटवल- बुटवलको कालिका मानवज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्याक दिनेश थापाले जानकारी दिए ।आशिष जिसि, अस्मिना पराजुली, प्रशंसा पराजुली, प्रतिक पौड्याल, स्वरूप न्यौपाने, सुदर्शन न्यौपाने र सुजन बाह्रघरेले चार जीपीए ल्याएका हुन् ।