Lumbini Rise
नेपालमै धेरै विद्यार्थी रहेकाे बुटवलकाे कालिकाका ७ जनाले ल्याए चार जिपिए 

बुटवल- बुटवलको कालिका मानवज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्याक दिनेश थापाले जानकारी दिए ।

आशिष जिसि, अस्मिना पराजुली, प्रशंसा पराजुली, प्रतिक पौड्याल, स्वरूप न्यौपाने, सुदर्शन न्यौपाने र सुजन बाह्रघरेले चार जीपीए ल्याएका हुन् ।

त्यस्तै ३.६० देखि माथि २११, ३.२० देखि ३.६० सम्म २४५, २.८० देखि ३.२० सम्म १०३, २.४० देखि २.८० सम्म २६ जना र २.०० देखि २.४० सम्म २ जना ग्रेडेड भएको प्रअ थापाको भनाइ छ । कालिका देशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय हो ।

कालिकामा अहिले सेक्टर वान र सेन्टर टुमा गरेर ८ हजार विद्यार्थी अध्ययनरत छन् ।
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  २१:४१
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update