एसईईमा चार जीपिए ल्याएकाहरुलाई ५१ हजार सहित सम्मान, खुशीयालीमा नगर परिक्रमा
आइतबार, असार १५, २०८२
बुटवल- बुटवल स्थित नयाँ गाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जीपिए ल्याएका विद्यार्थीहरुलाई जनही ५१ हजार रुपैयाँले सम्मान गर्दैै आईतबार नगर परिक्रमा गराएको छ ।बुटवल १२ नयाँगाउँ स्थित विद्यालयमा अध्ययरनत छात्राहरु सम्झना घिमिरे, समिपा अधिकारी र रविना अधिकारीलाई अविरमाला गर्दै नगर परिक्रमा गराइएको हो ।विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुले खुशीयाली साट्दै विद्यालय परिसरदेखि नयाँगाउँ, बेल्बास र ढवाहक्षेत्रमा परिक्रमा गराइएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बताए ।