
बुटवल- बुटवल स्थित नयाँ गाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जीपिए ल्याएका विद्यार्थीहरुलाई जनही ५१ हजार रुपैयाँले सम्मान गर्दैै आईतबार नगर परिक्रमा गराएको छ ।
बुटवल १२ नयाँगाउँ स्थित विद्यालयमा अध्ययरनत छात्राहरु सम्झना घिमिरे, समिपा अधिकारी र रविना अधिकारीलाई अविरमाला गर्दै नगर परिक्रमा गराइएको हो ।
विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुले खुशीयाली साट्दै विद्यालय परिसरदेखि नयाँगाउँ, बेल्बास र ढवाहक्षेत्रमा परिक्रमा गराइएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बताए ।
बुटवल पश्चिमको विद्यालयले चार जीपिए ल्याएकोमा सबैतिरबाट सकरात्मक प्रतिक्रिया आएको बताउँदै यसमा शिक्षक, विद्यार्थी र अभिभावकहरुको भूमिका महत्वपूर्ण रहेको प्रधानाध्यापक भट्टराईले बताए ।
उनले नयाँगाउँ शिक्षाको हवका रुपमा विकास हुँदै गएको समेत बताए । उनका अनुसार विगत तीन वर्षयता विद्यालयमा अध्ययनरत विद्यार्र्थीहरुले चार जीपीए अंकका साथ एसईई उतीर्ण गरेका छन् ।
पछिल्लो समय गुणस्तरीय शिक्षा दिन थालेपछि नयाँगाउँ क्षेत्रका अभिभावकहरुले त्यही अध्ययन गराउँदन थालेका छन् । कक्षा नर्सरीदेखि १२ सम्म अध्ययन हुने माविमा १५ सय विद्यार्थी अध्ययनरत रहेको शिक्षक रामप्रसा बन्जाडेले जानकारी दिए । यो वर्ष १५८ विद्यार्थीले परीक्षा दिएको विद्यालयका प्रशासन शाखाका प्रकाश भट्टराईले बताए ।