असार १५ र दुग्धजन्य पदार्थको प्रयोगको महत्वबारे छलफल
आइतबार, असार १५, २०८२
बुटवल - असार १५ को अवसरमा नेपाल डेरी एशोसियसन लुम्बिनी र रुपन्देही उद्योग संघले आइतबार दही चिउरा प्रवद्र्धन कार्यक्रमको आयोजना गरे । उद्योगी व्यवसायीहरुलाई यसको प्राचीन महत्वबारे जानकारी दिन र नयाँ पिँढीमा यसको परम्परागत विषयमा जानकारी दिन यी संस्थाले यो क्षेत्रमा लामो अध्ययन र लगानी गरेका व्यक्तिहरुलाई प्रमुख वक्ताको रुपमा आमन्त्रण गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा विशेषअधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले नेपाली संस्कृतिसँग ऐतिहासिक सम्बन्ध भएको असार १५ बारे नयाँ पुस्तालाई वास्तविक जानकारी दिननसके आउने दिनमा यस्ता पर्वहरु लोप भएर जाने बताए ।