तिनाउ बोर्डिङमा ४ जीपीए ल्याएका विद्यार्थीलाई सम्मान सहित नगर परिक्रमा
सोमबार, असार १६, २०८२
बुटवल - तिनाउ इङ्लिस बोर्डिङ स्कुल देविगरबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने २ जना उत्कृष्ट विद्यार्थीसहित अन्य विद्यार्थीलाई सम्मानसहित नगर परिक्रमा गराइएको छ ।कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डे, प्राचार्य सीता पाण्डे, सहप्राचार्य सूर्य पाण्डेलगायतले बोल्दै विद्यार्थीको सफलताका कारण तिनाउको नाम उच्च भएको बताए ।