पशुपति कलेजमा पिउने पानीको धारा जडान
सोमबार, असार १६, २०८२
बुटवल – लामो समय देखि हेण्ड पाइप थिचेर पानी पिउन बाध्य पशुपति कलेजमा पिउने पानी जडान गरी उद्घाटन गरिएको छ । कलेजका दैनिक ४ सय देखि ५ सय विद्याथीले पिउने पानी प्रयोग गर्छन् । पिउने पानीको जडानपछी पशुपति कलेज परिवार निकै खुसि भएको छ । सोमबार तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालद्धारा उक्त पानीको उद्धघाटन गरिएको हो । नगरलाई शैक्षिक हबका रुपमा बिकास गर्ने तिलोत्तमा नगरपालिकाको परिकल्पनाले बिस्तारै रुप लिन थालेको अर्यालको दावी छ ।