लुम्बिनीमा प्रतिपक्षीले बहिष्कार गर्दा पनि सभामुखले चलाए बजेटमाथि छलफल
मंगलबार, असार १७, २०८२
बुटवल– लुम्बिनी प्रदेशसभामा विपक्षी दलहरुको बहिष्कारका विच मंगलबारबाट आर्थिक वर्ष ०८२-०८३ का बजेटमाथि सैद्धातिक छलफल गरिएको छ ।सरकारले ल्याएको बिनियोजन बजेट बेथितिको पुलिन्दा भएकाले संशोधन गर्न विपक्षीहरुले माग गरेका थिए । मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक डाकिएको भएपनि दिउँसो ३ बजे बैठक शुरु हुनासाथ प्रतिपक्षले अवरोध गरेपछि आधा घन्टा स्थगित भएको थियो । त्यसपछि सुचारु भएको बैठकमा प्रतिपक्ष भएपछि पुन संसद आधा घन्टा स्थगित भयो । त्यसपछि पनि सहमती जुट्न नसकेपछि भने सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसदहरुको उपस्थिती विना नै बैठक चलाएका हुन् ।