प्राविधिक शिक्षालय ,विद्यालय र साझेदार उद्योगबीच सिकाई आदानप्रदान
बिहीबार, असार १९, २०८२
बुटवल – सीप विकास इकाई मार्फत २४ महिने प्री–डिप्लोमा तह अन्तर्गत औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गरिरहेको प्राविधिक शिक्षालय, विद्यालय र साझेदार उद्योगहरूबीच अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । रूपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि इन्स्योर परियोजना दोस्रो चरणको सहकार्यमा स्थापित कार्यक्रम अन्तरर्गत अन्तरक्रिया गरिएको हो । रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले कार्यक्रममा स्वागत गर्नुहुँदै प्राविधिक शिक्षालय, विद्यालयले यस कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी उद्योगसँगको सहकार्य मार्फत व्यवसायिक सीप कार्यशैली र व्यवहारिक चुनौतीहरूसँग प्रत्यक्ष परिचित गराउने प्रयास गर्दै आएको बताए ।