उपभोक्ता अदालतको निर्णयका विरुद्ध देशभरका चिकित्सक आन्दोलित
बिहीबार, असार १९, २०८२
बुटवल – देशभरका चिकित्सकहरू उपभोक्ता अदालतको निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशको अगुवाइमा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कालोपट्टि बाँधेर धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् । सरकारले चिकित्सकको मनोबल गिराउने गरी ल्याएको ऐन पुनरावलोकन गर्न र सरोकारवाला पक्षसँग छलफल गरेर नयाँ नीति तय गर्न माग गरिएको थियो । यदि माग पूरा नगरे थप चरणबद्ध आन्दोलन गर्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । संघका अध्यक्ष डा.कृष्ण खरेलले चिकित्सकको मनोबल गिराउने गरी ल्याइएको ऐन मान्य नहुने बताए ।