तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धका लागि सामग्री हस्तान्तरण
बिहीबार, असार १९, २०८२
बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धनका लागि उद्यमीहरुलाई सामग्री हस्तान्तरण गरिएको छ । तिलोत्तमा नगरपालिकाभित्रका दलित समुदायका पेशासंग सम्बन्धि उद्यम व्यवसाय सञ्चालन गर्ने लघु उद्यमीहरुको लागि व्यवसायमा थप टेवा पुर्याउने उद्देश्यले १२ थान सामग्री उद्यमीहरुलाई हस्तान्तरण गरिएको हो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्तरुपमा सिलाई मेसिन, ईन्टरलक मेसिन, गरगहना सफाइ मेसिन, आरनको औजार, जुकी मेसिन, पञ्चे बाजा सेट, मोटर पाइप, पिको मेसिनलगायतका विभिन्न सामग्रीहरु लघु उद्यमीहरुलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले पालिकाले दलित समुदायको हकहित र अधिकारका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए।