सिद्धबाबा सुरुङमार्गको काम धमाधम, ५६ प्रतिशत भौतिक प्रगती
शुक्रबार, असार २०, २०८२
बुटवल – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा कााम धमाधम भइरहेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम आधाभन्दा बढि सकिएको छ । हालसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले बताईन् । आयोजनाको वित्तीय प्रगति ५० दशमलव २४ प्रतिशत रहेको ज्ञवालीले बताईन । उनका अनुसार बुधबार मात्रै सुरुङ्गमार्गकाे वारपार ढलान अर्थात ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । इन्भर्ट पछपि बल्ल पिच गरिनेछ ।