सांसद निमा गिरीद्वारा बाल सुधारका ५ सय बालबालिकालाई पुस्तक वितरण
शनिबार, असार २१, २०८२
बुटवल - लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीको पहलमा लुम्बिनी प्रदेशका विभिन्न बाल सुधार गृहमा कानुनी विवादमा परेका ५ सय बालबालिकालाई पुस्तक वितरण तथा सकारात्मक सोचसम्बन्धी तालिम प्रदान गरिएको छ। रुपन्देहीको बाल सुधार गृहमा आयोजित कार्यक्रममा बाल सुधार गृह रुपन्देहीका १०४ जना, जयन्दु बाल सुधार गृह बाँकेका १९६ जना, र नौबस्ता बाल सुधार गृहका १६८ जना बालबालिकाहरूलाई पुस्तक वितरण तथा सकारात्मक सोच तालिम दिइएको हो ।