पाल्पा सिद्धबाबा पहिरोमा परि रामपुरका दम्पती घाईते, प्रहरीले तुरुन्तै उद्धार गर्दा थप क्षती भएन
मंगलबार, असार २४, २०८२
बुटवल– सिदार्थ राजमार्ग अन्तरगत पाल्पा सिद्धबाबा नजिकै मंगलबार माथिबाट खसेको पहिरोमा परि मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । तिनाउ गाउँपालिका ३ सिद्धबाबा पहिरो क्षेत्रमा बुटवलबाट पाल्पा रामपुर जादै गरेको लु५१ प ६६३३ नंको मोटरसाईकलमा सवार श्रीमान श्रीमती घाईते भएका हुन् । पाल्पा रामपुर नगरपालिका ६ तालपोखरा निवासी ३६ बर्षिय जनक भण्डारी र उनकी श्रीमती २९ बर्षिय कल्पना चापागाईँ घाईते भएको पाल्पा प्रहरीले जनाएको छ ।