‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ पुस्तक सार्वजनिक
बुधबार, असार २५, २०८२
काठमाडौं - सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएता पनि उनको प्रतापको क्षेत्रफल दक्षिण एसियामा बलियोसँग फैलिएको छ । पाकिस्तानमा बौद्ध सम्पदाहरु धेरै हुनुको एक प्रमाण त्यही प्रताप फैलिनुको एक बिम्ब हो । यही यथर्थालाई मनन गरेर बुधबार पाकिस्तानी राजदूतावासले पाकिस्तानमा भएका बौद्ध सम्पदाहरुको पुस्तक सार्वजनिक गरेको छ । यस अगाडि अंग्रेजी भाषामा प्रकाशन भएको पुस्तकलाई नेपाली भाषामा ‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ भनेर ल्याइएको छ ।