ससाना संस्थामा ठुला दलको हार: आक्रोश मात्रै की परितवर्तनकाे संकेत?
बुधबार, असार ३२, २०८२
सामान्यतया विद्यालयको व्यवस्थापन समितिमा अभिभावकहरूबिच प्रतिस्पर्धा हुने हो । टोल विकास समितिमा टोलमा बस्ने बासिन्दाहरू अनि खानेपानी, वन वा यस्तै समितिमा उपभोक्ताहरूबिच । तर, यी स्वतन्त्र रहनुपर्ने ठाउँमा समेत दलीय हस्तक्षेप हुन थालेपछि नागरिकहरूले त्यसलाई अस्वीकार गरिदिएका छन् । कतै स्वतन्त्र उम्मेदवारले जितेका छन् त कतै पुराना दलहरूलाई हराएर नयाँ दल निकटकाहरुले जित निकालेका छन् ।