बिआईटिएमका लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनीमा
आइतबार, जेठ ११, २०८२
भैरहवा - विदेशी पर्यटन व्यवसायी र पत्रकारहरू बिआईटिएमको सन्दर्भमा लुम्बिनी क्षेत्रमा नेपाली पर्यटन क्षेत्रमा विशेष महत्त्व राख्ने तेस्रो बुद्धिस्ट इन्टरनेश्नल ट्राभल्स मार्ट (बिआईटिएम) को लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनी आएका छन् । विश्व पर्यटनको केन्द्र लुम्बिनी र त्यस आसपासको क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) द्वारा आयोजित बिआईटिएमको लागि भारत, चिन, श्रीलङ्का, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, भुटान, म्यानमार, सिंगापुर, नेदरल्यान्डस, श्रीलङ्का लगायत विभिन्न देशका ट्राभल्स एजेन्टहरू नेपाल आएको नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेकी कार्यक्रम संयोजक जिस्वा श्रेष्ठले बत्ताइन् ।