Lumbini Rise
बिआईटिएमका लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनीमा

भैरहवा - विदेशी पर्यटन व्यवसायी र पत्रकारहरू बिआईटिएमको सन्दर्भमा लुम्बिनी क्षेत्रमा नेपाली पर्यटन क्षेत्रमा विशेष महत्त्व राख्ने तेस्रो बुद्धिस्ट इन्टरनेश्नल ट्राभल्स मार्ट (बिआईटिएम) को लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनी आएका छन् । 

विश्व पर्यटनको केन्द्र लुम्बिनी र त्यस आसपासको क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) द्वारा आयोजित बिआईटिएमको लागि भारत, चिन, श्रीलङ्का,  थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, भुटान, म्यानमार, सिंगापुर, नेदरल्यान्डस, श्रीलङ्का  लगायत विभिन्न देशका ट्राभल्स एजेन्टहरू नेपाल आएको नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट  (नाट्टा) केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेकी कार्यक्रम संयोजक जिस्वा श्रेष्ठले बत्ताइन् ।

  शुक्रवार काठमान्डौमा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेको बिआईटीएमको समापन भने आइतबार भैरहवामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने भएका छन् । 

बुद्धिस्ट पर्यटनलाई केन्द्रमा राखेर नेपालको प्रकृति, संस्कृति, पुरातात्त्विक र साहसिक पर्यटनको प्रवर्द्धन समेत गर्ने गरी आयोजित बिआईटिएममा विदेशी पर्यटन व्यवसायीको उत्साजनक सहभागिताले नेपाली पर्यटन व्यवसायीलाई खुसी दिएको नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट    (नाट्टा) लुम्बिनीका पूर्व अध्यक्ष तथा बिआईटिएमका सदस्य सागर अधिकारीले बताए । 

भैरहवामा होटेल, एअर लायन्स, केबलकार, ट्राभल्सहरुगरी ४० वटाले बिटूबीकोलागि बुकिङ गरिसकेका छन् । आइतबार विदेशी पर्यटन व्यवसायी र विदेशी पत्रकारहरूको टोलीलाई बुद्ध सर्किटको फार्म ट्रिप गराउने र दिउँसोदेखि बिटूबी गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी आइतबार नै औपचारिक कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा नेपालको पर्यटन प्रवर्द्धन गर्ने गरी नेपाली मिडियाका प्रतिनिधिहरू र विदेशी मिडियाका प्रतिनिधिहरू सहभागी भई छलफल गर्ने कार्यक्रम तय भएको नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट    (नाट्टा) लुम्बिनीका अध्यक्ष चन्द्र बहादुर थापामगरले बताए । 

बिआईटिएमको सन्दर्भ पारेर बिबिसी, सिन्हा, अलजजिरा, सिसिटिभी, एपी, नेश्नल जिओग्राफी, एपी, एएफपी, राेयटर, सार्क, एनएचके, युरोपियन, युरोपियन च्यानल, बुद्धिस्ट म्याग्जीन लगायत विदेश स्थित मिडियाका प्रतिनिधिहरू पनि लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनको लागि आएका छन् ।  

विश्वमा रहेका बुद्धिस्ट धर्म अनुयायीलाई लुम्बिनी र नेपाल आउन प्रेरित गर्ने गरी विदेशी ट्राभल्स व्यवसायीको सहभागितामा आयोजित बुद्धिस्ट इन्टरनेशनल ट्राभल्स मार्टले नेपालको आर्थिक चलायमानमा पनि विशेष योगदान दिने नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट    (नाट्टा)  सह कोषाध्यक्ष ढकनाथ काफ्लेले बताए । 

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) को आयोजनामा भईरहेको बिआईटिएमको यो तेस्रो संस्करण हो । पहिलो संस्करण २०१९ मा र दोस्रो संस्करण २०२३ मा भएको थियो । 

बिआईटिएमको कारण भारतको आइटिओ भन्ने संस्थासँग एमओई भइसकेको नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) का केन्द्रीय अध्यक्ष कुमार मणि थपलियाले बताए । यसै गरी लुम्बिनीमा म्यानमार र चाइनाको एक पर्यटन सम्बद्ध संस्थासँग पनि सम्झौता हुने भएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update