गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेपछि संसद् बैठक स्थगित
मंगलबार, जेठ १३, २०८२
काठमाडौँ– विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ । विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने भन्दै संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।