सवारी चालक अनुमतिपत्रको अवधि अब १० वर्ष रहने
शुक्रबार, साउन १६, २०८२
सवारी चालक अनुमतिपत्र लाइसेन्स को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।
जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।
निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ : प्रधानमन्त्री
शुक्रबार, साउन १६, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ ।प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरे।
सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको...
शिक्षा ऐनमा निजी विद्यालयको विषय सम्बोधन गर्न माग
शुक्रबार, साउन १६, २०८२
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९नेसनल प्याब्सन० ले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक यथाशीघ्र जारी गर्न माग गरेको छ ।
नेसनल प्याब्सनले शुक्रबार पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक दुरदृष्टिकासाथ समय सापेक्ष रूपमा परिमार्जित गरी जारी गर्न माग गरेको हो ।
मेरो मुद्धा भ्रष्टाचारको होइन: माधव नेपाल
शुक्रबार, साउन १६, २०८२
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्धा राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी गरेका छन् ।
बर्दघाटमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते
शुक्रबार, साउन १६, २०८२
बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतक पुरुष व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
देउवासँगको छलफलपछि बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा
शुक्रबार, साउन १६, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन् ।
बाँकेमा १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा
शुक्रबार, साउन १६, २०८२
बाँके जिल्लाका १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यो वर्ष १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा रहेको अनुमान गरेर सो जोखिमलाई न्यूनीकरण गर्न पूर्व तयारी गरिएको छ ।
रुपन्देही ३ उपनिर्वाचन : २१ साउनदेखि दल दर्ता गरिने
शुक्रबार, साउन १६, २०८२
बुटवल – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो ।
सर्प सारथी: पाण्डे परिवार
शुक्रबार, साउन १६, २०८२
बुटवल– रूपन्देहीमा एउटा यस्तो परिवार छ, सिंगो परिवार नै सर्प संरक्षणमा खटिन्छन् । सर्पको संरक्षणमा किन भन्ने प्रश्न मनमा उब्जनसक्छ तर, उनीहरु भन्छन् –‘पर्यावरण, पारिस्थीतिकिय प्रणालीका लागि पनि सर्प जोगाउनुपर्छ।’ शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष पाण्डे सहित उनका २ छोराहरु सर्प संरक्षणको अभियानमा संलग्न छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
बिहीबार, साउन १५, २०८२
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन्। विहिबार प्रदेश सभामा घोषणा भएको परिणाम अनुसार मुख्यमन्त्री कमल शाहको पक्षमा ३० मत पाएका छन् भने बिपक्षमा १५ मत परेका छन्।
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका रामहरी सिलवाल पनि पक्राउ
बिहीबार, साउन १५, २०८२
बुटवल- करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका एक सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन घर भएका रामहरि सिलवाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
बिहीबार, साउन १५, २०८२
काठमाडौं - नागरिक उन्मुक्ति पार्टी नाउपाले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ । हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो ।
फरार मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष पक्राउ
बिहीबार, साउन १५, २०८२
अध्यक्ष केसी समेतले उक्त सहकारीका शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना गरेको आरोप छ । फरार रहेका दोलखा मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय अध्यक्ष केसीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएपश्चात बुधवार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...


