इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न:संस्कारयुक्त शिक्षामा जोड
आइतबार, फागुन ३, २०८२
शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा र भावी योजनाबारे चर्चा गरिएको थियो। समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि पन्थीले इन्टलेक्च्युअल एकेडेमीले छोटो समयमै सिकाई र संस्कारको उत्कृष्ट संयोजन गरी बुटवल क्षेत्रमा बेग्लै पहिचान बनाएको बताउनुभयो।
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस मनाउने
शनिबार, फागुन २, २०८२
बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस भोली आइतबार एक औपचारिक कार्यक्रमका बीच मनाउँदै छ । हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो ।
बालेन शाह हेर्न बुटवलमा भिड
शनिबार, फागुन २, २०८२
बुटवल – रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) शनिबार रूपन्देही, कपिलबस्तु र नवलपरासीका विभिन्न ठाउँ पुगेका छन्। उनी समर्थकलाई अभिवादन गर्दै हिँडेका हुन्।बालेनले रूपन्देहीको मर्चवारदेखि , लुम्बिनी, कपिलबस्तु, परासी हुँदै बुटवलसम्मको भ्रमण गरेका हुन्। बुटवल देवीनगरमा चौपारीमा शनिबार साँझ बालेन हेर्नका लागि मानिसहरूको ठूलो भिड जम्मा भएको थियो। बालेनले गाडीबाटै...
काँग्रेस नेताहरुले भने – 'प्रधानमन्त्री कसलाई बनाउने हो, विचार गरेर मत दिनुहोला'
शनिबार, फागुन २, २०८२
उनीहरुले नेपाली काँग्रेसले पार्टी सभापति गगनकुमार थापा, एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको सन्दर्भमा देशका लागि उपयुक्त उम्मेद्वारलाई प्रधानमन्त्री बनाउने गरी सोंच विचार गरेर मात्रै मतदान गर्न मतदातालाई आग्रह गरेका हुन् ।
मतदाताका कुरा सुन्दै, योजना सुनाउदै विश्वदीप
शनिबार, फागुन २, २०८२
बुटवल- रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले दैनिक आफ्नो क्षेत्रका मतदाताका कुरा सुन्दै आफ्ना योजना सुनाउने गरेका छन ।नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका पाण्डेले बुटवल, सैनामैना र तिलोत्तमाका मतदातासंग दैनिक रुपमा प्रत्यक्ष घरदैलो र भेटघाट गरिरहेका छन ।
रुपन्देही उद्योग संघमा राइस तथा आयल मिल वस्तुगत समिति गठन
शुक्रबार, फागुन १, २०८२
बुटवल- रुपन्देही उद्योग संघमा आवद्ध राइस तथा आयल मिल उद्योगीहरुको भेलाले शुक्रबार राइस तथा आयल मिल वस्तुगत समिति गठन गरेको छ । संघमा आवद्ध विभिन्न वस्तुगत उद्योगीहरुको भेलाबाट छुट्टाछुट्टै वस्तुतगत समिति गठन गर्ने वार्षिक कार्ययोजना बमोजिम राइस तथा आयल मिल वस्तुगत समिति गठन गरिएको हो ।
११ उपमहानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल प्रथम
बिहीबार, माघ २९, २०८२
बुटवल- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरिका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको नतिजा सार्वजनिक गरेको छ। बुटवलले ६४.४४ अंक प्राप्त गरी सबैभन्दा अगाडि रहँदा इटहरी उपमहानगरपालिकाले ३८.९६ अंक पाएको छ।
पदभन्दा पद्धति ठूलो: बुटवल जेसिजमा यदुमणी पोखरेलको ‘निष्ठासहितको नेतृत्व’ सुरु
सोमबार, माघ २६, २०८२
बुटवल । बुटवलको सामाजिक र व्यावसायिक क्षेत्रमा एउटा स्थापित नाम हो- यदुमणी पोखरेल। वि.सं. २०४४ सालमा गुल्मीको धुर्कोटस्थित एउटा साधारण गाउँमा जन्मिएका पोखरेल आज बुटवलकै जेठो र गरिमामय सामाजिक संस्था ’बुटवल जेसिज’को ५३ औँ अध्यक्षका रूपमा उभिएका छन्।
रूपन्देहीमा रवि लामिछानेलाइ भेटन भिड
सोमबार, माघ २६, २०८२
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देहीका विभिन्न क्षेत्रमा पुगेर भेटघाट गरेका छन्। साेमबार उनले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यक्रममा सहभागी भए।लामिछानेले रास्वपाले क्षमतावान् उम्मेदवार उठाएकाले यस पटकको संसद् घण्टीमय हुने दाबी गरे । उनले भने, ‘रास्वपाले एक से एक उम्मेदवारहरूलाई लिएर आएको छ ।
म स्वयम समिक्षाको कठघरामा छु : विष्णु पौडेल
बिहीबार, माघ २२, २०८२
बुटवल– नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री तथा रुपन्देही निर्वाचन क्षेत्र न. २ का उम्मेद्वार विष्णुप्रसाद पौडेलले अहिलेको निर्वाचन राजनीतिक दलका लागि समिक्षाको निर्वाचन हुने बताएका छन् । निर्वाचनका सन्दर्भममा बुटवलमा रहेका पौडेलले विहिबार साहित्यकार तथा लेखकहरुसँगको भेटघाटमा बोल्दै उनले जेनजी आन्दोलन पछि सबै समिक्षाको कठघरामा रहेको बताएका हुन् । उनले भदौ...
लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने
बिहीबार, माघ २२, २०८२
लुम्बिनी- लुम्बिनीमा आगामी वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ। विहीबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार–प्रसारलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।
डिजिएमद्धारा बुटवलमा प्रादेशिक परिचालन तथा पहुँच विस्तार कार्यशाला
बुधबार, माघ २१, २०८२
बुटवल- आदिबासी जनजाति, लोपोन्मुख तथा दलित समुदायको जल, जंगल जमिनमा अधिकार सुनिश्चित गराउने सन्दर्भमा प्रादेशिक परिचालन तथा पहँुच विस्तार कार्यशाला बुधबार बुटवलमा गरिएको छ । विश्व बैंकबाट प्राप्त भएको आदिवासी जनजाति र स्थानीय समुदायको लागि समर्पित अनुदान संयन्त्र परियोजनाबारे जानकारी गराउने उदेश्यले बुटवलमा कार्यशाला गरिएको हो ।
काँग्रेस उम्मेद्वार चुन्नप्रसाद पौडेलद्धारा भेटघाटलाई तिव्रता
बुधबार, माघ २१, २०८२
बुटवल- आसन्न प्रतिनीधि सभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका उम्मेद्वार चुन्नप्रसाद पौडेलले भेटघाटलाई तिव्रता दिएका छन् । बुधबार उम्मेद्वार पौडेलसंग बुटवलमा भएको भेटमा देशको विकास र समृद्धिको लागि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको र त्यसका लागि पनि काँग्रेस उम्मेद्वारलाई जिताउनु पर्ने आवश्यकतामा जोड दिएका हुन् ।


