अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यकः मुख्यमन्त्री आचार्य
मंगलबार, माघ २०, २०८२
मंगलबार प्रदेश सभाको सातौं अधिवेशनको चौथो बैठकमा जिल्ला सभा तथा जिल्ला समन्वय समितिको सञ्चालन सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला समन्वय समितिबीच अनुगमनको कामलाई प्रभावकारी बनाउने उद्देश्यले ऐन संशोधन आवश्यक परेको बताउनुभएको हो ।
म गफ गर्दिन, काम गरेर देखाउँछु : चुन्न प्रसाद पाैडेल
आइतबार, माघ १८, २०८२
बुटवल -आगामी फाल्गुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस रूपन्देही क्षेत्र न २ अन्तर्गत बुटवल वार्ड नम्बर ११ मा प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ । कार्यालयको बुटवल ११ देबिनगर चौपारिछेउमा प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर २ का उमेदवार चुन्न प्रसाद पौडेलले रिबन काटेर उदघाटनगर्नुभयो । सो कार्यालयमा...
रुपन्देहीको विकास देशमै नमुना : विष्णु पौडेल
आइतबार, माघ १८, २०८२
बुटवल - पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको विकासको अध्ययन गर्न योजनाविद र विज्ञ टोलीलाई आग्रह गरेका छन् । “रुपन्देहीको विकास देशमै नमुना भएको हाम्रो ठहर छ, यसबारे योजनाविद्हरूले गहिरो अध्ययन गर्न आवश्यक छ,” उनले भने ।
पाल्पाको समृद्धी एक मात्र लक्ष्य : साेम प्रसाद पाण्डे
आइतबार, माघ १८, २०८२
बुटवल - नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास निर्माणका आयोजना पुरा गर्नका लागि आफु निर्वाचनमा होमिएको बताएका छन् ।२०७९ सालमाको निर्वाचनमा आफु पराजित भएको र त्यस पछि विकासका कामहरुले गति लिन नसक्दा आफुलाई निर्वाचनमा उठन् आग्रह पाल्पाबासीहरुले आग्रह गरेको पाण्डेले बताए...
भोट मात्रै होइन, पारिवारिक सम्बन्ध जोड्दै नेता आले
शनिबार, माघ १७, २०८२
नेता आलेले राजनीति केवल भोट माग्ने माध्यम नभई जनतासँग विश्वास, सम्बन्ध र उत्तरदायित्व जोड्ने प्रक्रिया भएको बताउँदै आउनु भएको छ । उहाँले आगामी दिनमा पनि जनताको घरदैलोमा पुगेर उनीहरूका समस्यालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
ब्रिटिश म्यानेजमेन्ट कलेजले मनायाे बार्षिकाेत्सव, नवआगन्तुक विद्यार्थीलाई स्वागत
शनिबार, माघ १७, २०८२
बुटवल- बुटवलस्थित ब्रिटिश म्यानेजमेन्ट कलेजले वार्षिकउत्सव तथा नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा आईक्यान बुटवल शाखा प्रमुख खेमेन्द्र रानाको उपस्थिति रहेको थियो।
बुटवलमा प्रादेशिक ललितकला प्रर्दशनी सुरू
शनिबार, माघ १७, २०८२
वुटवल- लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी शनिबारदेखि बुटवलमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजना तथा नेपाल व्यवसायिक कलाकार संघ रुपन्देही र कालिका मानव ज्ञान माविको सह-आयोजनामा प्रर्दशनी शुरू भएको हाे ।
कार्यक्रमकाे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालिले उदघाटन गरे । उनले समाज...
विश्वदीप जिताउन रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन
बिहीबार, माघ १५, २०८२
बुटवल - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले रुपन्देहीको क्षेत्र नं २ मा ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण जी सी निर्मलको संयोजकत्वमा गठित समितिको सह संयोजकमा कमल बस्याल, निर्देशक...
दलित अधिकार विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो
बिहीबार, माघ १५, २०८२
लुम्बिनी - लुम्बिनी प्रदेशसभामा पेश भएकाे दलित अधिकार विधेयकमाथिको सैद्धान्तिक छलफल बुधबार सकिएको छ ।प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा बुधबार दलित अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सकिएको हो ।
सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको भाउ पनि हालसम्मै उच्च
बुधबार, माघ १४, २०८२
काठमाडौँ- सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको छ।
संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले सार्वजनिक गर्यो घोषणापत्र
बुधबार, माघ १४, २०८२
बुटवल-राष्ट्रिय जनमोर्चाले आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र बुटवलमा सार्वजनिक गरेको छ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित २५ बुँदे घोषणापत्र जारी गरेको हो । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई बलियो बनाउन विकेन्द्रित र सन्तुलित विकास...
पूर्वसांसद रामचन्द्र भट्टराईको निधन
बुधबार, माघ १४, २०८२
रुपन्देही - पूर्वसांसद रामचन्द्र भट्टराईको निधन भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ३ मा बस्दै आएका ८३ वर्षीय भट्टराई निवासमै मंगलबार दिउँसो निधन भएको हो । श्रीमती मैया भट्टराईको निधन भएको एक वर्षमै रामचन्द्रको निधन भएको हो । तीन छोरा र दुई छोरी भएका भट्टराई राष्ट्रिय सभा सदस्य भएका...
शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहिलो पहल मैले गरेको हुँ : नेता पाण्डे
मंगलबार, माघ १३, २०८२
बुटवल- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि पाल्पा क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेद्वार सोमप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्तरगत शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहल र प्रस्ताव सबैभन्दा पहिले आफूले गरेको बताउनुभएको छ ।

-1770117190.jpg)
