कालीगण्डकी करिडोरकाे बौदीकालीमा दुर्घटना, चार जना घाइते
बिहीबार, साउन १, २०८२
नवलपुर – कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परी कार चालक तनँहुको भिमाद नगरपालिका–६ का २३ वर्षीय विवेक शाह, कारमा सवार ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंग बहादुर राना र तनहुँको ब्यास नगरपालिका–५ का ४९ वर्षीय केशव रुचाल घाइते भएका छन् ।

गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला सुरु
बिहीबार, साउन १, २०८२
गुल्मी - गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला सुरु गरेको रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।एक महिनासम्म धार्मिक...

आज साउने संक्रान्ति, लुतो फालेर पनि मनाइँदै
बिहीबार, साउन १, २०८२
बुटवल - आज विहिबार साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको...

जागरणको ‘दलन’ भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत
बिहीबार, साउन १, २०८२
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१ बाट दलन टेलिशृङ्खला पुरस्कृत भएको छ । मन्त्रालयले राष्ट्रिय नाँचघरमा एक बिशेष समारोहका विच जागरण मिडिया सेन्टरले निर्माण गरेको जातीय भेदभाव र छुवाछुत सम्बन्धी टेलिश्रृखला दलनलाई पुरस्कृत गरेको हो ।

ग्रामिण लघुवित्तका शेयरधनी महिलाले न्यायका लागि राष्ट्र बैंक गुहारे
बुधबार, असार ३२, २०८२
बुटवल- बिगतमा महिलाहरुको बैंक भनेर पहिचान बनाएको ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले न्यायका लागि नेपाल राष्ट्र बैंक समक्ष गुहार मागेका छन् । संस्थाको गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय एवं शेयरधनी महिला र कर्मचारीको बिरोधलाई लिएर उत्पन्न विवाद कारण संस्थापक महिला शेयरधनिहरु...

लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत
बुधबार, असार ३२, २०८२
काठमाडौँ- लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो ।

नेपाल ईभी युगमा गइसक्यो : मन्त्री दाहाल
बुधबार, असार ३२, २०८२
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपाल पछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए ।
‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् । उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रुपमा विकास गर्दछौं,’...

अस्पतालको सेफ्टि ट्याङ्कीमा खसेर ५ वर्षीया बालिकाले गुमाइन् ज्यान
बुधबार, असार ३२, २०८२
बालबालिका खेल्नको लागि बनाइएको स्थल पार्क नजिकै सेफ्टि ट्याङ्की रहेको थियो । अस्पतालमा काम गर्ने कर्मचारी विकास मगरको ५ वर्षीया छोरीको उक्त ट्याङ्कीमा परेर ज्यान गएको हो ।
अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार दैनिक फोहोर फाल्नुपर्ने कारणले सेफ्टी ट्याङ्कीमा पाइप राखेर फोहोर निकाल्ने गरिन्छ । त्यसकारण उक्त सेफ्टी ट्याङ्कीमा...
-(2)-1752651893.jpg)
रेसुङ्गा विमानस्थलको उडान अवरुद्ध
बुधबार, असार ३२, २०८२
वर्षायाममा मौसम खराबीका कारण उडान प्रभावित भएको र गत मङ्गलबार २४ गते काठमाडौँबाट उडान भए पनि रेसुङ्गाको मौसममा समस्या देखापरेकाले करिब २० मिनेट आकाशमै होल्ड भई अवतरण हुन नसकेका कारण फिर्ता भएको उनको भनाइ छ ।
असार र साउन महिना पहाडका विमानस्थलमा मौसमकै समस्या देखापर्दै आएको थापाले बताए ।

प्युठानमा एकल महिलाहरुका लागि 'रातो अबिर अभियान' सुरु
बुधबार, असार ३२, २०८२
प्युठान - प्युठानका महिलाले 'रातो अबिर अभियान' सुरुवात गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाहरूका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान सुरु गरेका हुन्।श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नुपर्दा समाजमा अपहेलित हुनुपरेको बताउँदै एकल महिलाहरूले रातो अबिर...

ससाना संस्थामा ठुला दलको हार: आक्रोश मात्रै की परितवर्तनकाे संकेत?
बुधबार, असार ३२, २०८२
सामान्यतया विद्यालयको व्यवस्थापन समितिमा अभिभावकहरूबिच प्रतिस्पर्धा हुने हो । टोल विकास समितिमा टोलमा बस्ने बासिन्दाहरू अनि खानेपानी, वन वा यस्तै समितिमा उपभोक्ताहरूबिच । तर, यी स्वतन्त्र रहनुपर्ने ठाउँमा समेत दलीय हस्तक्षेप हुन थालेपछि नागरिकहरूले त्यसलाई अस्वीकार गरिदिएका छन् । कतै स्वतन्त्र उम्मेदवारले जितेका छन् त कतै पुराना दलहरूलाई हराएर नयाँ...

साउन ६ गते ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ माथि विशेष विमर्श गरिने
मंगलबार, असार ३१, २०८२
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक विशेष कार्यक्रम आयोजना गरिने भएको छ। स्कुल अफ मार्क्सिज्मको आयोजनामा आगामी साउन ६ गते बिहीबार बिहान ११: ३० बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम हुनेछ।