ससाना संस्थामा ठुला दलको हार: आक्रोश मात्रै की परितवर्तनकाे संकेत?
बुधबार, असार ३२, २०८२
सामान्यतया विद्यालयको व्यवस्थापन समितिमा अभिभावकहरूबिच प्रतिस्पर्धा हुने हो । टोल विकास समितिमा टोलमा बस्ने बासिन्दाहरू अनि खानेपानी, वन वा यस्तै समितिमा उपभोक्ताहरूबिच । तर, यी स्वतन्त्र रहनुपर्ने ठाउँमा समेत दलीय हस्तक्षेप हुन थालेपछि नागरिकहरूले त्यसलाई अस्वीकार गरिदिएका छन् । कतै स्वतन्त्र उम्मेदवारले जितेका छन् त कतै पुराना दलहरूलाई हराएर नयाँ दल निकटकाहरुले जित निकालेका छन् ।

साउन ६ गते ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ माथि विशेष विमर्श गरिने
मंगलबार, असार ३१, २०८२
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक विशेष कार्यक्रम आयोजना गरिने भएको छ। स्कुल अफ मार्क्सिज्मको आयोजनामा आगामी साउन ६ गते बिहीबार बिहान ११: ३० बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम हुनेछ।

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन ओझा चयन
मंगलबार, असार ३१, २०८२
बुटवल – कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी जीवन प्रसाद ओझा चयन भएका छन्। नव निर्वाचित सदस्य रामकृष्ण शर्माको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले ओझालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

बुटवलमा सुन चोरी अभियाेगमा तीन जना पक्राउ
मंगलबार, असार ३१, २०८२
बुटवल – रुपन्देही तिलोत्तमा नगरपालिका–३ जानकीनगरस्थित ध्रुव भण्डारीको घरबाट चोरी गर्ने गिराेहलाइ प्रहरीले पक्राउ गरेको छ।
असार २५ गते राति भण्डारीको घरबाट सुनका गहना चोरी भएको उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले असार ३० गते तीन जनालाई पक्राउ गरेको हो।

सामान्य प्रशासनमन्त्रि बनिन् भगवती न्याैपाने, जाे पहिले मेयरमा हारेकी थिइन्
मंगलबार, असार ३१, २०८२
काठमाडाैं- राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद भगवती न्यौपाने आफ्नो कार्यकाल सकिनै लाग्दा मन्त्री नियुक्त हुन सफल भएकी छन्।मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम न्यौपानेलाई संघीय मामिला तथा सामानय प्रशासन मन्त्री नियुक्त गरेका हुन्।

रूपन्देही ३ उपनिर्वाचन: बालेन समूहका सन्तोष गिरी निर्वाचन क्षेत्र घुम्दै
मंगलबार, असार ३१, २०८२
बुटवल–रूपन्देही ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि दलहरु उम्मेद्वार छनौटका लागि आन्तरीक तयारीमा व्यस्त छन्। तर, स्वतन्त्र उम्मेद्वारको तयारीमा रहेका बालेन टिमका सन्तोष गिरी भने निर्वाचन क्षेत्रका गाउँ घुमिरहेका छन् । गिरीले यहाँका जनताको मनोभावनासँगै जनताको अपेक्षाबारे विभिन्न व्यक्तिहरुसँग जानकारी लिने काम गरेका छन् ।

लागुऔषधसहित एक जना पक्राउ
मंगलबार, असार ३१, २०८२
भन्सार एरियामा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धान शाखाका गणेश नाथले जानकारी दिए ।
पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
मंगलबार, असार ३१, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु। ४०० ले वृद्धि भई सोमबार रु। एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो ।

राप्रपाभित्रको धुव्रीकरणलाई लिएर राप्रपा नेता प्रदीय उदयले गरे अपिल
मंगलबार, असार ३१, २०८२
बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनीका अध्यक्ष प्रदीप उदयले देवत्वकरण र दानवीकरण गर्न छाडेर पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन् । उदयले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै सबैलाई विवादबारे सघन छलफल गर्न अपिल गरेका छन्। उनले राप्रपा पुरानो र नयाँ पुस्ताको संगम रहेको भन्दै विगतका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने...

अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा
मंगलबार, असार ३१, २०८२
काठमाडौं - घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि अहिले मन्त्री राजीनामा बोकेर मन्त्री गुप्ता बालुवाटार पुगेका छन् ।

लुम्बिनी प्रदेशमा एकै बर्षमा ६० हजार बढि सवारी थपिए, दुई पाङग्रे मात्रै ५० हजार
मंगलबार, असार ३१, २०८२
बुटवल–लुम्बिनी प्रदेशमा दुई पाङग्रे सवारीसाधन प्रयाेगकर्ताहरु बृद्धि हुँदै गएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म ६० हजार ६६९ सवारी साधन मध्येमा ५१ हजार दुई पाङग्रे सवारीसाधन छन् । यसले दुई पाङग्रे सवारीसाधनको संख्या प्रयाेगकर्ता निकै बढेकाे देखाएको छ ।

सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रुपन्देहीका खगराज शर्मा नियुक्त
मंगलबार, असार ३१, २०८२
बुटवल– राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रुपन्देहीका डा. खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । सहकारी विज्ञ शर्मा राममणि बहुमुखी क्याम्पस रुपन्देहीका पूर्व क्याम्पस प्रमुख समेत हुन ।

विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्षलाई स्पष्टिकरण
सोमबार, असार ३०, २०८२
बुटवल – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा खुलेका नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई स्पष्टिकरण सोधिएको छ । भण्डारीलाई नेकपा एमालेको भावी अध्यक्षका रुपमा वकालत थालेपछि खरेललाई स्पष्टिकरण सोधिएको हो ।