Lumbini Rise
रूपन्देहीका ५ वटै क्षेत्रमा एमालेले टुंगायो उम्मेद्वार
रूपन्देहीका ५ वटै क्षेत्रमा एमालेले टुंगायो उम्मेद्वार बुटवल– रुपन्देहीमा नेकपा एमालेले सबै उम्मेदवारको टुंगो लगाएको छ। रुपन्देही २ बाट लगातार चार वटा निर्वाचन जितेका विष्णु पौडेलको निर्णयमा पुर्नविचार गर्दै उम्मेद्वार टुग्याएको हो । पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णयबाट पछि हट्दै पौडेललाई रुपन्देही २ बाटै उम्मेद्वार बनाउने निर्णय गरेसँगै रुपन्देहीका ५ वटै निर्वाचनमा एमालेले उम्मेद्वार टुग्याएको हो...
रुपन्देही २ मा नेपाली कम्यूनिष्ट पार्टीबाट विश्वदीप पाण्डे उम्मेद्वार
रुपन्देही २ मा नेपाली कम्यूनिष्ट पार्टीबाट विश्वदीप पाण्डे उम्मेद्वार बुटवल - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधि सभा निर्वाचन लडिरहेको क्षेत्र रुपन्देही-२ मा सुवास पाण्डे ‘विश्वदीप’लाई उम्मेदवार बनाएको छ। आइतबार पार्टी संयोजक प्रचण्डले उनलाई टिकट दिएका हुन्। पाण्डेले प्रचण्ड प्रधानमन्त्री रहेका बेला सचिवालयमा काम गरेका व्यक्ति हुन्। 
पामिर एकेडेमीमा खेल महोत्सव सुरु
पामिर एकेडेमीमा खेल महोत्सव सुरु बुटवल- तिलोत्तमा–२ स्थित पामिर इन्टरनेशनल एकेडेमीमा आइतबारदेखि खेल महोत्सव–२०८२ सुरु भएको छ । खेल सप्ताह २०८२ अन्तर्गत आइतबार विभिन्न खेल प्रतियोगिता सम्पन्न भएका छन् । शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको खेल महोत्सवमा जुनियर तथा सिनियर तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
क्यानन माविमा ‘फुड कर्निभल’
क्यानन माविमा ‘फुड कर्निभल’ बुटवल– बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार  ‘फुड कार्निभल’ अर्थात खाना महोत्सव गरिएको छ। विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा ‘फुड कार्निभल’ तथा म्यूजिक उत्सव गरिएको हो ।
रुपन्देही  २ बाट विष्णु पाैडेल नै उम्मेद्धार हुने पक्का
रुपन्देही २ बाट विष्णु पाैडेल नै उम्मेद्धार हुने पक्का बुटवल - रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पाैडेल नै उम्मेद्धार हुने भएका छन् । यसअघि हिजाे  पाल्पा २ बाट उम्मेद्धार बनाउने निर्णय सार्वजनिक भएकाे थियाे ।एमाले केन्द्रीय समितिले रुपन्देही २ बाटै पाैडेलालाइ उम्मेद्धार बनाउने निर्णय गरेकाे एमालेका नेता खिमलाल भट्टराइले बताए ।
रुपन्देही क्षेत्रिय कमिटिकाे निर्णय:'विष्णु पौडेललाई रुपन्देही २ बाटै उम्मेद्वार बनाइयोस्'
रुपन्देही क्षेत्रिय कमिटिकाे निर्णय:'विष्णु पौडेललाई रुपन्देही २ बाटै उम्मेद्वार बनाइयोस्' ​​​​​​​बुटवल–नेकपा एमाले रूपन्देही क्षेत्र नं २ बाट विष्णु पौडेललाई नै उम्मेद्वार बनाउन एमाले क्षेत्रिय कमिटिले आग्रह गरेको छ । एमाले रुपन्देही क्षेत्र न. २ को आईतबार बुटवलमा बसेको बिस्तारित बैठकले सार्वजनिक एमालेका उम्मेदवारहरूको नामावलीप्रति गम्भिीर असहमति प्रकट गर्दै सचिवालयलाई पुनर्बिचार बिचार गर्न सर्वसम्मत रूपमा आग्रह गरेको हो।
विष्णु पौडेलले रास्वपा जानबाट रोकेका वासुदेव घिमिरेले पाए एमालेबाटै टिकट
विष्णु पौडेलले रास्वपा जानबाट रोकेका वासुदेव घिमिरेले पाए एमालेबाटै टिकट बुटवल - नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले घिमिरेलाई टिकट दिने निर्णय गरेको हो । एमालेभित्र प्रभावशाली र स्थानीय स्तरमा लोकप्रिय नेताका रूपमा चिनिने घिमिरेले यसअघि घिमिरेले पार्टीबाट विद्रोहको तयारी गरेका थिए।
काठमाडाैंकाे मेयरबाट बालेनले दिए राजीनामा
काठमाडाैंकाे मेयरबाट बालेनले दिए राजीनामा काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा लड्ने तयारी गरेका बालेनले आइतबार पदबाट राजीनामा दिएका हुन्। बालेनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाएको उनका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईँले जानकारी दिए। उनले संविधानको धारा २१६ को उपधारा ८ बमोजिम उपप्रमुखलाई राजीनामा बुझाएका छन्।
विष्णु पाैडेल पाल्पा २ बाट उम्मेद्वार, रूपन्देही २ किन छाडे?
विष्णु पाैडेल पाल्पा २ बाट उम्मेद्वार, रूपन्देही २ किन छाडे? पौडेल रुपन्देही–२ छाडेर पाल्पा-२ गएका हुन् । रुपन्देही-२मा एमालेले जित्न गाह्रो हुने कार्यकर्ताको ब्रिफिङपछि पौडेल पाल्पा-२ पुगेको स्थानीय कार्यकर्ताहरु बताउँछन् । पाैडेल २०६४, ७० काे संविधानसभा निर्वाचन तथा २०७९ र २०७४ काे प्रतिनिधिसभा निर्वाचन जितेका थिए ।
कपिलबस्तुका काँग्रेस नेता कनौडिया एमालेमा प्रवेश
कपिलबस्तुका काँग्रेस नेता कनौडिया एमालेमा प्रवेश बुटवल- नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस गरिएका कांग्रेस नेता बिरेन्द्र कुमार कनौडिया एमालेमा प्रबेश गरेका छन । शनिवार दिउसो २ बजे काठमाण्डौमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गरेका हुन् ।
तिनाउ बाेर्डिङ्गमा खेल सप्ताह सुरु
तिनाउ बाेर्डिङ्गमा खेल सप्ताह सुरु बुटवल -  बुटवल स्थित तिनाउ इंगलिश बाेर्डिङ्ग स्कलुमा शुक्रबारदेखि खेल सप्ताह सुरु भएकाे छ । सप्ताहको  विद्यालय व्यवस्थापन समिति यज्ञमूर्ति पाण्डेले उदघाटन गरेका हुन् । आगामि ४ गते आइतबारसम्म कुल ६८ वटा खेलका विधामा ४९८ वटा पदकका लागि खेल सञ्चालन हुने विद्यालयका प्राचार्य सीता पाण्डेले बताइन । 
आयाेगकाे निर्णय अमान्य छ, सबै लडाइँ लड्छाैँ: पूर्णबहादुर खडका
आयाेगकाे निर्णय अमान्य छ, सबै लडाइँ लड्छाैँ: पूर्णबहादुर खडका काठमाडौँ - नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका उपसभापति पूर्णबहाुर खड्का निर्वाचन आयोगमा पुगेका छन्। शुक्रबार साँझ आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि उनी आयोग परिसर पुगेका हुन् ।
Weather Update