कालिका मानवज्ञान माविको अध्यक्षमा पुन: नित्यानन्द ज्ञवाली
शुक्रबार, माघ २, २०८२
बुटवल- देशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको भेलाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । भेलाबाट पुन नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।
देउवा पक्षका नेता कार्यकर्तालाई लक्षित गरी गालिगलौज नगर्नु : गगन-विश्व
शुक्रबार, माघ २, २०८२
बुटवल- नेपाली कांग्रेसका सभापतिमा गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले शेरबहादुर देउवा पक्षका नेता कार्यकर्तालाई लक्षित गरेर कुनै पनि गालिगलौज नगर्न निर्देशन दिएका छन्। पार्टीको आधिकारिकता विवाद बढिरहेका बेला थापा र शर्माले अर्को पक्षका नेता कार्यकर्तालाई सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट गालिगलौज नगर्न र नेताहरुलाई घृणा नगर्न सर्कुलर गरिसकेको...
नयाँगाउँ माविको ६३ औँ वार्षिकोत्सवः साढे ४ करोड लगानीमा निर्माण हुने भवनको शिलान्यास
शुक्रबार, माघ २, २०८२
विद्यालयको वार्षिकोत्सवको अवसरमा शुक्रबार नै भारतीय राजदुतावासको साढे ४ करोड आर्थिक सहयोगमा निर्माण हुने भवनको सिलान्याश तथा भवनको उद्धघाटन समेत छ । उक्त सहयोग मध्य १० प्रतिशत लगानी बुटवल उपमहानगरपालिकाको रहेको छ ।
एमाले नेता महेश बस्नेत सहितले म विरूद्व भ्रम फैलाए : मधु अर्याल
शुक्रबार, माघ २, २०८२
अर्यालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम जोडेर आइरहेको तथ्यहीन र भ्रमपूर्ण समाचार र टिका टिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउंदै नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेत, प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेत, सुमन ढुङ्गाना लगायतले सामाजिक सञ्जालमा लेखेका र सोही आधारमा केही अनलाइन मिडियाहरुले संसद भवन जलाउने कसुरमा...
निर्वाचन आयोगले विधानविपरित निर्णय गरे देशभर आन्दोलन हुन्छ : खड्का
शुक्रबार, माघ २, २०८२
काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई क्षति पुर्याउने गरी विशेष महाधिवेशन भएको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्।
रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
शुक्रबार, माघ २, २०८२
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले कार्यालय स्थापना गरिएको जानकारी दिए । बस्नेतले निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको बताए । उनले निर्वाचन राजनीतिक दलहरूको उत्सव समेत भएको बताए।
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
शुक्रबार, माघ २, २०८२
बुटवल - माघे सङ्क्रान्ति तथा थारु समुदायको महान् पर्व माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार परेको माघे सङ्क्रान्ति र माघ पर्वलाई लक्षित गर्दै प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
भूकम्प जोखिम न्यूनीकरणलाई निरन्तर प्राथमिकतामा राखिएको छ : मुख्यमन्त्री आचार्य
शुक्रबार, माघ २, २०८२
नेपाल होस्टल एशोसियसन रुपन्देहीमा नयाँ नेतृत्व
शुक्रबार, माघ २, २०८२
बुटवल - नेपाल होस्टल एशोसियसन रुपन्देहीको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नौ सदस्यीय समितिको उपाध्यक्षमा रोशन न्यौपाने सचिवमा भरत ओली कोषाध्यक्षमा आशा खनाल सहसचिवमा सरिता न्यौपाने र सदस्यहरुमा भागिरथ घिमिरे, हरि न्यौपाने, प्रदीप कार्की र गीता ज्ञवाली निर्वाचित भएका छन्...
आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
शुक्रबार, माघ २, २०८२
काठमाडौं - आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । यस वर्ष काठमाडौंको खुलामञ्चमा मूल समारोह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ ।
पवनकुमार सोठिया स्मृति क्रिकेट: रुपन्देही–११ ले टी–ट्वान्टी सिरिजमा क्लिनस्वीप
शुक्रबार, माघ २, २०८२
भैरहवा- रुपन्देही–११ ले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ३ विकेटले हराउँदै भैरहवामा सम्पन्न ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत टी–ट्वान्टी सिरिज पनि क्लिनस्वीप गरेको छ ।रुपन्देही क्रिकेट संघको आयोजनामा संचालित प्रतियोगितामा बिहीबार अन्तिम खेल जित्दै रुपन्देहीले सिरिज क्लिनस्वीप गरेको हो । यसअघि रुपन्देहीले आर्मीविरुद्ध दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज पनि...
अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने
बिहीबार, माघ १, २०८२
काठमाडौं-अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो कदम चालेको हो।
कांग्रेस सभापतिमा गगन थापा [केन्द्रीय समितिको नामावलीसहित]
बिहीबार, माघ १, २०८२
काठमाडौँ- नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा चयन भएका छन्। विशेष महाधिवेशनबाट बुधबार राति थापा निर्विरोध सभापतिमा चयन भएका हुन्। यसैगरी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भए। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।


