रुपन्देही, नवलपरासी, दाङमा धेरै बर्षा, अर्घाखाँचीमा ११५ मिलिमिटर बर्षा
सोमबार, साउन १९, २०८२
बुटवल– पछिल्लो २४ घण्टामा देशभर भएको बर्षामा लुम्बिनी प्रदेशका चार जिल्लामा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको सूचीमा यहाँका चार जिल्लामा धेरै बर्षा भएको देखिएको हो ।
लगातारको बर्षापछि गुल्मीका तीन सडक अबरुद्ध
सोमबार, साउन १९, २०८२
गुल्मी – अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो गएपछि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक अवरुद्ध भएको हो । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठुलो पहिरो...
लुम्बिनी सहित पाँच प्रदेशमा भारी बर्षा
सोमबार, साउन १९, २०८२
बुटवल – कर्णाली र सुदूरपश्चिमबाहेक सवै प्रदेशमा वर्षाको सम्भावना छ । लुम्बीनीसहित कोशी, मधेश गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबका केही दिन देशभर मनसुन निरन्तर सक्रिय रहने महाशाखाले जनाएको छ ।
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान
सोमबार, साउन १९, २०८२
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...
ठुलाखर्क सेवा समाजको बुटवल भेलाः नेतृत्व चयनदेखि तीजको रमाइलो सम्म!
आइतबार, साउन १८, २०८२
बुटवल - सामाजिक एकता र संस्कृतिक उत्सवको अनुपम उदाहरण बनेको ठुलाखर्क सेवा समाजको चौथो वार्षिक साधारणसभा, दोस्रो अधिवेशन तथा तीज मिलन कार्यक्रम शनिबार बुटवलमा भव्यताका साथ सम्पन्न भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ स्थित ठुलाखर्कलाई जन्मभूमि बनाएर रुपन्देही, नवलपरासी, कपिलवस्तु तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूद्वारा स्थापित समाजले यस...
रुपन्देहीको सियारीमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यू
आइतबार, साउन १८, २०८२
बुटवल - रुपन्देहीको सियारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । सियारी गाउँपालिका–७ भर्थापुरमा दुर्घटनामा परी पछाडि सवार ६० वर्षीय राममिलन धवलको मृत्यू भएको हो। मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
माओवादी स्थायी समिति बैठक तेस्रो दिन पनि जारी
आइतबार, साउन १८, २०८२
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र स्थायी समितिको बैठक आज तेश्रो दिन पनि केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ ।
साउन १६ गते देखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।
मर्मत हुँदै मसोटखोला पुल, चार दिन सडक बन्द हुने
आइतबार, साउन १८, २०८२
दाङको घोराही–लमही सडकखण्डअन्तर्गत मसोट खोला पुल मर्मतको काम सुरु भएको छ । चार दशकअघि निर्माण भएको पुल क्षमताभन्दा बढी भारवहन भएका सवारीसाधनका कारण जीर्ण बनेपछि सडक डिभिजन कार्यालय दाङले मर्मतको काम थालेको हो ।
पुनः थपियो नारायणघाट–बुटबल सडक आयोजनाको म्याद
आइतबार, साउन १८, २०८२
नारायणघाट–बुटवल सडक विस्तारका लागि सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिको म्याद चौथो पटक थप गरेको छ । यो सडक विस्तारको काम सम्पन्न गर्न थप एक वर्षको समय थप गरिएको हो । आयोजना निर्देशनालयको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वीखण्ड गैंडाकोटदेखि दाउन्नेसम्मको म्याद...
स्कुटरले दुर्घटना हुँदा तीन जना घाइते
आइतबार, साउन १८, २०८२
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया सडक खण्डमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बर्दघाटमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’
आइतबार, साउन १८, २०८२
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा सञ्चालित ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई राहत दिएको छ ।
विद्यालयमा नै सामान्य ज्वरो, रुघाखोकी, पेट दुखेको वा सानो चोटपटक लागेका विद्यार्थीहरूको उपचार हुन्छ । नर्सहरूले औषधी दिएपछि अधिकांश विद्यार्थीहरू निको हुने...
मुटु अस्पतालमा एक्सरे गर्न गएकी किशोरीमाथि दुर्व्यवहार, कर्मचारी पक्राउ
आइतबार, साउन १८, २०८२
बुटवल– बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा एक १७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहार भएको छ । अस्पतालको एक्सरे विभागमा काम गर्ने प्राविधिक कर्मचारीले एक्सरे गर्न पुगेकी एक किशोरीलाई दुर्व्यवहार गरेपछि ३१ वर्षीय सुवास गौतम पक्राउ परेका हुन् ।
एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी
शनिबार, साउन १७, २०८२
बुटवल– लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले एमालेलाई कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको बताएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले मुलुकमा अस्थिरता निमत्याउनका लागि एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताए । लोकतान्त्रिक आदिबासी जनजाती महासंघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गिरीले यस्तो बताएका हुन...


