दाङका तीनवटै निर्वाचन क्षेत्रमा ४३ जनाले उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
दाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी दाङ सहित देशभर आज(मंगलवार)उमेदवारले मनोनयन दर्ता गराएका छन् ।सोहि अनुरुप जिल्लाका तिन वटै निर्वाचन क्षेत्रमा शान्तिपुर्ण रुपमा मनोनयन दर्ता कार्यक्तम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी दिएको छ । कार्यालयका अनुसार तिन वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनितिक दल र स्वतन्त्रले शान्तिपुर्ण तरिकाले आफनो उमेदवारी दर्ता गराएका छन् ।
रूपन्देही २: एमालेका विष्णु, काँग्रेसका चुन्न र नेकपाका विश्वदीप सहित ३४ को उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
बुटवल - फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा,म्याग्दीबाट स्वतन्त्र उम्मेदवार
मंगलबार, माघ ६, २०८२
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।
कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार
सोमबार, माघ ५, २०८२
बुटवल- रूपन्देही २ बाट कांग्रेसले चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ। कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन् । सामाजिक सेवामा संलग्न पौडेल यस क्षेत्रका सफल
रुपन्देही २ : नेपाली कम्यूनिष्ट पार्टीका उम्मेद्धार पाण्डेले गरे बुटवलमा घाेषणासभा
सोमबार, माघ ५, २०८२
बुटवल – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही २ का उम्मेद्वार सुवास पाण्डे ‘विश्वदीप’ले आफू जनताको मागलाई सम्बोधन गर्न चुनावी मैदानमा ओर्लेको बताएका छन् । जेनजी आन्दोलनले नवयुगाहरुको मागलाई उठाएको बताउँदै आफू त्यहि युवा पुस्ताको आवाज सहित संसद प्रवेश गर्ने हुटहुटीका साथ मैदान उत्रेको बताएका हुन् ।
रुपन्देहीलाई बिर्सन सक्दिन : विष्णु पाैडेल
सोमबार, माघ ५, २०८२
सोमबार पौडेल रुपन्देही आउने भएपछि सयौंको सङ्ख्यामा नेता कार्यकर्ता भैरहवा विमानस्थलमा उनलाई स्वागत गर्न पुगेका थिए । रुपन्देही क्षेत्र नम्बर-३ बाट उम्मेदवारी पाएका बासुदेव घिमिरे, एमाले केन्द्रीय सदस्य गोपाल राना, एमालेबाट समानुपातिक उम्मेद्वार तथा उद्योगी एजाज आलम, एमाले रुपन्देही अध्यक्ष लगायतका नेताहरुका साथै ठूलो सङ्ख्यामा युवा विद्यार्थीले पौडेललाई भैरहवा विमानस्थलबाट...
प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न लुम्बिनीका तीन सांसदले दिए राजीनामा
सोमबार, माघ ५, २०८२
बुटवल- आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लड्नका लागि लुम्बिनी प्रदेशका तीन जना सांसदले राजीनामा दिएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर मास्की र नेकपामा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद धर्मबहादुर चौधरीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्।
रुपन्देही–२ मा प्रलोपाको उम्मेदवार नारायण नागिला
सोमबार, माघ ५, २०८२
बुटवल - प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट नारायण नागिलालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ।बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला पार्टीको अध्यक्ष परिषदका सदस्य हुन्। पार्टीका रुपन्देही इन्चार्ज पंकज राईका अनुसार नागिलालाई रुपन्देही–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको हो।
नेकपाले पनि रूपन्देहीमा टुंग्यायाे उम्मेद्वार
सोमबार, माघ ५, २०८२
पार्टीका अनुसार क्षेत्र नम्बर १ बाट घनश्याम यादव, क्षेत्र नम्बर २ बाट सुबास पाण्डे (विश्वदिप), क्षेत्र नम्बर ३ बाट फैज अहमद खान, क्षेत्र नम्बर ४ बाट बाबुलाल यादव र क्षेत्र नम्बर ५ बाट वकिल मुसलमान उम्मेदवार रहेका छन्। क्षेत्र नम्बर ४ का बाबुलाल एकीकृत समाजवादी पृष्ठभूमिका हुन ।
ज्ञानोदयमा जुर्मुराए पूर्व विद्यार्थी: ६५ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा यादहरूको उत्सव
आइतबार, माघ ४, २०८२
मजुवा, गुल्मी - समयका अनगिन्ती घुम्तीहरू पार गरेर कोही उच्च अदालतको बेन्चमा पुगे, कोही प्रशासनको बागडोर सम्हाल्न पुगे त कोही देश-विदेशको चिकित्सा र प्राविधिक क्षेत्रमा चम्किए। तर, जब 'श्री ज्ञानोदय नमुना माध्यमिक विद्यालय'को ६५ औं वार्षिकोत्सवको घण्टी बज्यो, ती सबै ओहदा र पदहरूलाई मजुवाकै माटोमा बिसाएर पूर्व विद्यार्थीहरू फेरि एकपटक...
रूपन्देहीका ५ वटै क्षेत्रमा एमालेले टुंगायो उम्मेद्वार
आइतबार, माघ ४, २०८२
बुटवल– रुपन्देहीमा नेकपा एमालेले सबै उम्मेदवारको टुंगो लगाएको छ। रुपन्देही २ बाट लगातार चार वटा निर्वाचन जितेका विष्णु पौडेलको निर्णयमा पुर्नविचार गर्दै उम्मेद्वार टुग्याएको हो । पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णयबाट पछि हट्दै पौडेललाई रुपन्देही २ बाटै उम्मेद्वार बनाउने निर्णय गरेसँगै रुपन्देहीका ५ वटै निर्वाचनमा एमालेले उम्मेद्वार टुग्याएको हो...
रुपन्देही २ मा नेपाली कम्यूनिष्ट पार्टीबाट विश्वदीप पाण्डे उम्मेद्वार
आइतबार, माघ ४, २०८२
बुटवल - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधि सभा निर्वाचन लडिरहेको क्षेत्र रुपन्देही-२ मा सुवास पाण्डे ‘विश्वदीप’लाई उम्मेदवार बनाएको छ। आइतबार पार्टी संयोजक प्रचण्डले उनलाई टिकट दिएका हुन्। पाण्डेले प्रचण्ड प्रधानमन्त्री रहेका बेला सचिवालयमा काम गरेका व्यक्ति हुन्।
पामिर एकेडेमीमा खेल महोत्सव सुरु
आइतबार, माघ ४, २०८२
बुटवल- तिलोत्तमा–२ स्थित पामिर इन्टरनेशनल एकेडेमीमा आइतबारदेखि खेल महोत्सव–२०८२ सुरु भएको छ । खेल सप्ताह २०८२ अन्तर्गत आइतबार विभिन्न खेल प्रतियोगिता सम्पन्न भएका छन् । शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको खेल महोत्सवमा जुनियर तथा सिनियर तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


