क्याननमा दोस्रो जिल्लास्तरीय बादविवाद प्रतियोगिता सम्पन्न, लुम्बिनी बोर्डिङकी असिरा बनिन च्याम्पियन
सोमबार, माघ १२, २०८२
बुटवल- बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयको आयोजनामा सोमबार ‘के नेपालमा बौद्धिक पलायन बेरोजगारी भन्दा संवेदनशिल छ ? बिषयमा जिल्लास्तरीय वादविवाद प्रतियोगिता गरिएको छ । दोस्रो जिल्ला स्तरीय अन्तरविद्यालय वादविवाद प्रतियोगिता मार्फत विद्यार्थीहरुले नेपालमा बेरोजगारी समस्याले बौद्धिक जनशक्ति पलायन हुनुको कारण, विश्वव्यापी रुपमा देखा परेको चुनौती लगायतका बिषयमा पक्ष र विपक्षमा गहकिला तर्क प्रस्तुत गरेका थिए । प्रतियोगिताको उपाधी लुम्बिनी बोर्डिङ स्कूलमा अध्ययनरत छात्र असिरा पछाईले हात पारिन ।
रुपन्देही–५ मा नेकपा उम्मेद्धार वकिल मुसलमान जिताउन ५००१सदस्यीय निर्वाचन समिति गठन
आइतबार, माघ ११, २०८२
लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार वकील मुसलमानलाइ जिताउन ५ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिबार सम्पन्न क्षेत्र नं ५ को विस्तारित बैठकले हिराबहादुर रोकाको संयोजकत्वमा तथा अर्जुन ढकालको सह–संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गर्ने निर्णय गरेको...
लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचन : सांसद र जनप्रतिनिधि अनुपस्थित (नाम सहित)
आइतबार, माघ ११, २०८२
बटवल- राष्ट्रियसभा सदस्य निर्वाचनको लागि लुम्बिनी प्रदेशको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सम्पन्न भएकाे छ। रिक्त ३ पदका लागि भएकाे निर्वाचन दिउँसो ३ बजे सकिएकाे प्रदेश निर्वाचन कार्यालय दाङले जनाएकाे छ।प्रदेशसभा सदस्यतर्फ महिला ३० र पुरुष ४८ जम्मा गरी जम्मा ७८ जनाले मात्र मतदान गरे। मतदानमा पाँच सांसद अनुपस्थित रहे...
रूपन्देही २ का उम्मेदवार विश्वदीपद्वारा रिटर्नीहरूसंग अन्तरक्रिया
शनिबार, माघ १०, २०८२
वुटवल- रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुभाष पाण्डे (विश्वदीप)ले रिटर्नी नेपालीहरूबाट नेपालले लाभ लिने बतावरण आवश्यक रहेकाे बताएका छन् । रिटर्नी सेन्टर नेपालले शनिबार बुटवल १२ मिलनपार्कमा आयाेजित भेला तथा वनभाेज कार्यक्रमलाई सम्बाेधन गर्दै उनले रिटर्नीहरूकाे ज्ञान, सिपलाई उपयाेग गर्ने नीति बनाउनुपर्ने बताएका हुन् ।
पाल्पा क्षेत्र न.२ मा सोमप्रसाद पाण्डेले सुरू गरे चुनावी अभियान
शुक्रबार, माघ ९, २०८२
बुटवल- नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पाल्पा क्षेत्र न. २ का उम्मेद्वार सोमप्रसाद पाण्डेले चुनावी अभियान सुरु गरेका छन् । पूर्वमन्त्री समेत रहेका पाण्डेले शुक्रबार सिद्धबाबा मन्दिरमा पुजाआजा र सिद्वबाबा सुरूगमार्ग अगाडि पत्रकार सम्मेलन गरि चुनाबी अभियानको सुरुवात गरेका हुन् ।
क्याननमा ‘स्पोर्ट्स मिट’ का विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण
बिहीबार, माघ ८, २०८२
बुटवल– क्यानन माध्यमिक विद्यालय बुटवल सुख्खानगरले बिहिबार ‘स्पोर्टस मिट’ मा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेल र विद्यालयका प्राचार्य शंकर भण्डारीले विभिन्न खेलकुदका विधामा विजयी भएका विद्यार्थीहरुलाई प्रमाणपत्र र ट्रफिले पुरस्कृत गरेका हुन् । विहान कक्षा ११ र १२ तथा दिउँसो कक्षा १०...
'राईट टु रिकल' काे चुनावी ऐजेन्डा सहित चिन्ता परियार चुनावी मैदानमा
बिहीबार, माघ ८, २०८२
वुटवल- कपिलवस्तु क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पत्रकार चिन्ता परियारले (Right to Recall) जनताले जनप्रतिनिधि फिर्ता बोलाउने अधिकारलाई आफ्नो मुख्य चुनावी एजेन्डा घोषणा गरेका छन्।
लुम्बिनी प्रदेशमा ५६ जना महिलाको मनोनय दर्ता
बुधबार, माघ ७, २०८२
लुम्बिनी - लुम्बिनी प्रदेशमा ५६ जना मात्रै महिलाले मनोनय दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङले दिएको जानकारीअनुसार सबैभन्दा बढी रुपन्देहीमा २१ जना महिलाले मनोनयन दर्ता गराएका छन् भने रोल्पामा भने एक जना पनि महिला उम्मेदवार छैनन् ।
दाङ-१ का ४ उम्मेदवार एउटै पालिकाका
बुधबार, माघ ७, २०८२
दाङ- २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा दाङको एउटै गाउँपालिकाबाट प्रमुख राजनीतिक दलका चार जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । दाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका १४ उम्मेदवारहरूमध्ये प्रमुख दलका चार जना उम्मेदवार गढवा गाउँपालिकाका हुन्।
देशभर ३४ सय ८४ उम्मेदवार : ३९५ महिला, २५-३५ उमेर समूहका ५८३ जना
बुधबार, माघ ७, २०८२
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।
रुपन्देही ४ मा नेकपा संयुक्तबाट फडिन्द्र तिवारीको उम्मेद्वारी
मंगलबार, माघ ६, २०८२
रूपन्देही - नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट निर्वाचन क्षेत्र नं ४ मा फडिन्द्र तिवारीले उम्मेदवारी दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घनश्याम भुसाल नेतृत्वको पार्टीबाट तिवारीले मनोनयन दर्ता गराएका हुन् ।
रुपन्देही २ का नवयुवा उम्मेद्वार : शुभाष पाण्डे (विश्वदीप)
मंगलबार, माघ ६, २०८२
फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गरेका पाण्डेय आफू जनताको उम्मेद्वार भएको बताउँछन् । नेकपा माओवादीको जनयुद्धदेखि शान्तिप्रक्रियासम्म, संघीय समावेशी गणतन्त्रको स्थापनायात्रादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्म काम गरेका उनी रुपन्देही सैनामैना निवासी हुन् । को हुन त विश्वदीप ।
रुपन्देहीमा ५ निर्वाचन क्षेत्रमा १ सय ५९ जनाको उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
बुटवल– पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १ सय ५९ जनाको उम्मेदवारी परेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको थियो । निर्वाचन अधिकृत कार्यालयहरुले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा धेरै क्षेत्र नम्बर २ र सबैभन्दा कम क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता...


