Lumbini Rise
कालिका मानवज्ञान माविमा बधाई, शुभकामना तथा विदाई
कालिका मानवज्ञान माविमा बधाई, शुभकामना तथा विदाई हालै मात्रै सार्वजनिक भएको कक्षा १२ को परिक्षामा सामुदायिक विद्यालय तर्फ देशमै सबैभन्दा बढि विद्यार्थी उत्र्तीण गराउन सफल विद्यालयले उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरुलाई समेत सम्मान गरेको छ । शुक्रबार बुटवल १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पस सभाहलमा आयोजना गरिएको कक्षा १२ को परीक्षमा उत्कृष्ठ जीपीए ल्याउने सहित सम्पूर्ण विद्यार्थीलाई बधाई...
बुटवल उपमहानगरद्वारा आईतवार सार्वजनिक विदा
बुटवल उपमहानगरद्वारा आईतवार सार्वजनिक विदा वुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिकाले साउन २५ गते आइतबार स्थानीय सार्वजनिक विदा दिएको छ । गाईजात्रा (सापारु) पर्वको अवसरमा एक दिनका लागि विदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले बताए ।
वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने माओवादी निर्णय
वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने माओवादी निर्णय साउन १६ देखि १९ सम्म काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।बैठकको निर्णयबारे शुक्रबार सर्कुलर जारी गर्दै माओवादीले ५ जना वैकल्पिक केन्द्रीय सदस्य थपेको जानकारी गराएको हो ।
गुनासो रहित ढंगले काम गर्न सुझाब
गुनासो रहित ढंगले काम गर्न सुझाब घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीका बिषयमा वडासचिब र कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाको आयोजनामा कर्मचारीहरुको क्षमता विकासका लागि चार दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । 
कक्षा १२ काे नतिजामा नेपाल प्रथम र द्वितिय दावी सहित दीप बोर्डिङद्वारा विद्यार्थी सम्मान
कक्षा १२ काे नतिजामा नेपाल प्रथम र द्वितिय दावी सहित दीप बोर्डिङद्वारा विद्यार्थी सम्मान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजु र प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीलाई सम्मान गरेका हुन् ।  राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षामा  दीप बोर्डिङका सञ्जोग राजभण्डारीले ३।९६ जी।पी।ए। प्राप्त गरी नेपाल प्रथम भएको विद्यालयले दावी गरेको छ ।
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नजिक
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नजिक नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको एक हजारले बढेर तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ ।
कैलाली कारागारमा कुटाकुट, पाँच जना घाइते
कैलाली कारागारमा कुटाकुट, पाँच जना घाइते जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए। उनले घटनाबारे छानविन भइरहेको बताए। 
सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार
सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार नेपालबाट भारतहुँदै विभिन्न खडी मुलुकमा लैजान लागिएका महिलालाई उद्धार गरिएको छ । सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको हो ।
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै आज संघीय संसद अन्तर्गतका पाँच वटा समितिको बैठक बस्दैछ । आज दिउसो १ बजे अर्थ समितिको बैठक सिंहदरबारमा बस्दै छ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसदहरु र विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको स्वमूल्याङ्कन कार्यविधिमा १० दलकाे आपत्ति
निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको स्वमूल्याङ्कन कार्यविधिमा १० दलकाे आपत्ति नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेकाे बताएका हुन् । 
शिक्षक महासंघले तीज मनाएपछि फेरी आन्दोलन गर्ने
शिक्षक महासंघले तीज मनाएपछि फेरी आन्दोलन गर्ने काठमाडौँ - नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 
बागेश्वरी बुटवलले विद्यार्थी प्रतिभाका लागि 'स्कुल गट ट्यालेन्ट' प्रतियाेगिता गर्ने
बागेश्वरी बुटवलले विद्यार्थी प्रतिभाका लागि 'स्कुल गट ट्यालेन्ट' प्रतियाेगिता गर्ने बुटवल- बागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ स्कुल गट ट्यालेन्ट रुपन्देही गर्ने भएको छ । विद्यार्थीहरूभित्र  लुकेको कुनै पनि प्रतिभालाई उजागर गर्न टयालेन्ट सो गर्न लागिएको हो । स्कुल गट ट्यालेन्टको बिहीबार शुभारम्भको घोषणा गरिएको छ । 
Weather Update