Lumbini Rise
रुपन्देही ३ उपनिर्वाचन : आकाक्षीसँग छलफलपछि आज रास्वपाले उम्मेदवारको नामावली प्रकाशन गर्दै
रुपन्देही ३ उपनिर्वाचन : आकाक्षीसँग छलफलपछि आज रास्वपाले उम्मेदवारको नामावली प्रकाशन गर्दै बुटवल - आगामी कार्तिक १७ गते रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उम्मेदवारसँगको छलफल अघि बढाएको छ । आइतबार (रास्वपा) ले उम्मेदवार बन्न चाहने ९ जना व्यक्तिसँग छलफल गरेको छ ।
राममणि बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि अभिमुखीकरण तथा सम्मान
राममणि बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि अभिमुखीकरण तथा सम्मान मणिग्राम - रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आइतबार दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन् । स्नातक तहका विद्यार्थीका लागि लोकसेवा आयोग  अभिमुखीकरण कार्यक्रम र १२ कक्षा उत्तीर्ण विद्यार्थीका लागि शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएका हुन् ।
लुम्बिनीमा जनमतले  निलमलाई प्रदेशसभा सदस्य सदस्य बनाउँदै
लुम्बिनीमा जनमतले निलमलाई प्रदेशसभा सदस्य सदस्य बनाउँदै बुटवल - लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि सो ठाउँमा जनमत पार्टीले अर्को समानुपातिक सदस्य चयन गर्ने भएकाे छ । गुरुङको ठाउँमा निलम पासवानको नाम निर्वाचन आयोगमा सिफारिस गर्न लागेको जनमत पार्टी स्रोतले जनाएको छ ।
रास्वपाले रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जनासँग आज छलफल गर्ने
रास्वपाले रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जनासँग आज छलफल गर्ने रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको तर्फबाट रुपन्देही३ मा उम्मेदवार बन्न इच्छुक ९ जना आवेदकसँग छलफल गर्न लागेको छ । आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूसँग छलफल गर्न लागिएको प्रवक्ता मनिष झाले जानकारी दिए। 
आजको मौसम : पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान
आजको मौसम : पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान बुटवल – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेश प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ...
काठमाडौँ उपत्यका सहित देशभर आज गाईजात्रा मनाइँदै, बुटवलमा सार्वजनिक विदा
काठमाडौँ उपत्यका सहित देशभर आज गाईजात्रा मनाइँदै, बुटवलमा सार्वजनिक विदा काठमाडौँ–प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज आइतबार काठमाडौँ उपत्यका सहित देशभर मनाइँदैछ।एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्युरो  र केन्द्रीय कमिटी बैठक
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ।  पार्टीका महासचिव एक सूचना जारी गरेर पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको जानकारी दिए । स्थायी कमिटीको बैठक आगामी भदौ ४ गते पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ।
रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट चार जनाको आकाक्षा
रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट चार जनाको आकाक्षा बुटवल– रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चारजनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । शुक्रबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकांक्षा देखाएका हुन् ।
सकारात्मक सोचको शक्ति: अँध्यारोमा उज्यालोको किरण
सकारात्मक सोचको शक्ति: अँध्यारोमा उज्यालोको किरण प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्, “सफलताको लागि सकारात्मक सोच राख्नु नै पहिलो कदम हो।” यो भनाइले सकारात्मक सोचको महत्त्वलाई स्पष्ट पार्छ। हामीले जीवनमा जतिसुकै ठूला चुनौतीहरूको सामना गरे पनि, यदि हाम्रो सोच सकारात्मक छ भने हामी त्यसलाई अवसरमा बदल्न सक्छौँ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा जनै पूर्णिमाको शुभकामना व्यक्त
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा जनै पूर्णिमाको शुभकामना व्यक्त शनिबार एक शुभकामना सन्देश जारीगर्दै मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको समाज भएको उल्लेख गर्दै यस्ता पर्वहरूले आपसी समझदारी, सहिष्णुता र सामाजिक एकताको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको भएको हो ।
मानवीय हिसाबले रवि लामिछानेलाइ भेट्न गएकाे हाे, राजनीति प्रेरित हाेइन: सांसद बासुदेव घिमिरे
मानवीय हिसाबले रवि लामिछानेलाइ भेट्न गएकाे हाे, राजनीति प्रेरित हाेइन: सांसद बासुदेव घिमिरे बुटवल - प्रतिनिधी सभा सदस्य बासुदेव घिमिरेले भैरहवा कारागारमा रहेका रवि लामिछानेसँगकाे भेटबारे विभिन्न काेणबाट टिप्पणी भएपछि स्पष्टिकरण दिएका छन् । उनले शनिबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफु रुपन्देहीबासी र एउटै स‌सदकाे विषयगत सिमितमा रहेकाले मानवताकाे हिसावले रवि लामिछानेलाई भेट्न गएको प्रष्ट पारेका छन्। 
रवि लामिछानेबारे बाेल्याे कारागार : सामान्य कैदीहरूले पाउने सेवा सुविधा दिइएकाे छ!
रवि लामिछानेबारे बाेल्याे कारागार : सामान्य कैदीहरूले पाउने सेवा सुविधा दिइएकाे छ! प्रशासक भण्डारीले लामिछानेलाई छुट्टै कोठामा राखिएको पनि बताएका छन्। 'उहाँको सुरक्षालाई ध्यानमा राखी कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको छ।अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ। कारागार कार्यालय रुपन्देहीले रवि लामिछानेलाई थुनुवाका रूपमा पाउने अधिकारबाट वञ्चित नगरिएको...
Weather Update