रुपन्देही ३ मा सामाजिक अभियान्ता ज्ञानु पौड्याल उम्मेदवारीकाे तयारीमा
शुक्रबार, साउन २, २०८२
बुटवल– रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनमा सामाजिक अभियान्ता तथा महिला अधिकारकर्मी ज्ञानु पौड्याल उम्मेद्वारीको तयारीमा जुटेकी छन् । भैरहवा निवासी पौड्यालले जनतामा देखिएको निराशा चिर्दै आशा जगाउने उद्देश्यले उम्मेदवार हुने तयारीमा जुटेको बताएकी छन् । पौड्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार हुने तयारीमा जुटेकी हुन्।
एमाले पोलिटब्युरो बैठक स्थगित, भोलि फेरि बस्ने
शुक्रबार, साउन २, २०८२
काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।आज सात जनाले विधान मस्यौदामाथि धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । उनका अनुसार किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका छन् ।
एकीकृत समाजावादीमा आउन ४ बर्ष लाग्यो : वामदेव गौतम
शुक्रबार, साउन २, २०८२
काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताएका छन् ।शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आजभन्दा ४ वर्ष पहिलेदेखि यात्रा गरेँ ।
एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा
शुक्रबार, साउन २, २०८२
काठमाडौँ - नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा गरेको हो ।
समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए । पार्टी एकीकरण हुँदा ज्यादै...
हतियार देखाएर गहना लुटपाट
शुक्रबार, साउन २, २०८२
पौडेलका अनुसार लुटेराहरुले मुखमा कपडा बाँधेर खुकुरी घाँटीमा राख्दै सुनका गहना मागेका थिए । “गहना नदिए छोरा–छोरीलाईसमेत छोड्दैनौं भन्दै धम्की दिए,” पौडेलले भन्नुभयो । लुटेराहरु घरभित्र झन्डै १५ मिनेटसम्म बसेका थिए ।
लुटेराले सिक्री, औँठी, बाला, झुम्का, माइली तिलहरी लगायत करिब पाँच तोला सुनका गरगहना लिएर भागेको पौडेलले बताएको प्रहरीले...
साउन २१ सम्म शिक्षा विधेयक पारित नभए आन्दोलन गर्ने महासंघको चेतावनी
शुक्रबार, साउन २, २०८२
साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ । सरकार इमानदार नरहेको महासंघको आरोप छ ।
“असार १५ गते शिक्षा विधेयक पारित गर्ने सरकारले प्रतिवद्धता जनाएको थियो ।तर, षड्यन्त्र भयो,” महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “२९ दिने आन्दोलनपछि सहमति गरिएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
शुक्रबार, साउन २, २०८२
जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार २८० रुपैयाँ कायम भएको छ ।
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
शुक्रबार, साउन २, २०८२
बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले शोभा र इन्दिरा कोइरालालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा शोभा सिग्देलको मृत्यु भएको हो भने इन्दिरा कोइरालाको अवस्थामा...
लागुऔषधका घटना वृद्धि
शुक्रबार, साउन २, २०८२
त्यसै गरी गएको पुस २४ गते घोराही–१३ स्थित सिर्जनशील टोलमा कुलबहादुर बस्नेतको घरमा कोठा भाडा लिई बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका–२ निवासी ३९ वर्षीय निमबहादुर आले, नौबहिनी गाउँपालिका–२ निवासी २१ वर्षीय देउकली बुढामगर र रोल्पाको त्रिवेणी गाउँपालिका–७ निवासी २९ वर्षीय प्रकाश घर्तीमगरलाई पक्राउ गरेको छ ।
लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने...
विद्या रोक्ने ओली नीति : शक्तिजति आफ्नो मुट्ठीमा
शुक्रबार, साउन २, २०८२
नेकपा एमालेभित्र पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको आगमनलाई नीतिगत रुपमा रोक्न पार्टी अध्यक्ष केपि शर्मा ओलीले तयारी थालेका छन्। विहिबार निकै लामो सचिवालय बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने र पदाधिकारी घटाउने लगायतका प्रस्ताव पारित गरेसँगै ओलीको तयारी स्पष्ट भएको हो।
यस्ताे छ आजकाे माैसम
शुक्रबार, साउन २, २०८२
काठमाण्डौ – आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहितका केही पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
एमाले सचिवालय बैठक : ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने, पदाधिकारी पनि घटाउने
शुक्रबार, साउन २, २०८२
काठमाण्डौ – नेकपा एमालेको सचिवालय बैठकले पार्टी विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ।हिजो बसेको सचिवालय बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन्।
श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो
शुक्रबार, साउन २, २०८२
काठमाण्डौ – श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ।सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो।

