Lumbini Rise
दोस्रो संस्करणको एनपिएल अक्सनका लागि आदिलसहित ८ क्रिकेट ‘ए’ श्रेणीमा
दोस्रो संस्करणको एनपिएल अक्सनका लागि आदिलसहित ८ क्रिकेट ‘ए’ श्रेणीमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को खेलाडी छनोटका लागि हुने अक्सनमा सुचीको ‘ए’ श्रेणीमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटरले स्थान बनाएका छन् । आलम केही वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगका क्रम फिक्सीङ गरेको आरोपमा प्रतिबन्धमा परेका थिए । प्रमाण नपुगेको भन्दै केही समयपछि आदिललाई अदालतले...
आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  
सिस्टम  अपग्रेटसंगै सिद्धार्थ केवलकार सञ्चालन
सिस्टम  अपग्रेटसंगै सिद्धार्थ केवलकार सञ्चालन बुटवल- बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोट गढी जोड्ने सिद्धार्थ केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै पुनः सञ्चालनमा आएको छ । केवलकारको बटम स्टेशन र टप स्टेशनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्ता देखि नियमित सञ्चालन सुरु गरिएको...
करिव २२ घन्टापछि खुल्याे बुटवल-पाल्पा सडक
करिव २२ घन्टापछि खुल्याे बुटवल-पाल्पा सडक बुटवल – अविरल वर्षाका कारण अबरुद्ध बुटवल–पाल्पा सडकखण्ड अपरान्हदेखि  सञ्चालनमा आएको छ। साेमबार साँझदेखि ढु‌गा सहितकाे पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएकाे थियाे । करिव २२ घन्टापछि बुटवल पाल्पा सडक खुलेकाे हाे । 
बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त
बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त हेटौँडा - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुन्।
बुटवल न्यू दुर्गानगरको कुलोमा खसेका अनिल चार दिनसम्म पनि भेटिएनन्, आफन्तकाे रुवाबासी!
बुटवल न्यू दुर्गानगरको कुलोमा खसेका अनिल चार दिनसम्म पनि भेटिएनन्, आफन्तकाे रुवाबासी! बुटवल–बुटवल ११ न्यु दुर्गा नगर स्थित नहरमा खसेर अनिल भन्ने जुठे दमाई चार दिनदेखि वेपत्ता भएका छन् । न्यू दुर्गानगरबाट शुक्रबार राती साँढे ८ बजे नहरपुर जादै गर्दा कुलोमा खसेर दमाईको वेपत्ता भएका हुन् । दुर्गानगर स्थित तिनाउ नदीबाट मोतिपुर नहरपुर क्षेत्रका लागि लगिएको नहरमा बाढी आएकाले मोटरसाईकल सहित दमाई...
सुनको मुल्य अहिलेसम्मकै उच्च
सुनको मुल्य अहिलेसम्मकै उच्च नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
एमालेले टुङ्गो लगायो सरकारमा जाने मन्त्री, कांग्रेस छलफलमै
एमालेले टुङ्गो लगायो सरकारमा जाने मन्त्री, कांग्रेस छलफलमै नेकपा एमालेले बागमती प्रदेश सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र सपथ ग्रहणसँगै मन्त्रिपरिषद् गठन मङ्गलबार दिउँसो हुँदैछ ।  मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले छ वटा मन्त्रालय पाउने छ । एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले...
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडकखण्ड सञ्चालनमा आउन नसकेको हो ।   नवलपरासी ९बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
लुम्बिनी प्रदेशमा भारी बर्षा : दाङ, बर्दिया र बाँकेमा अति बर्षा!
लुम्बिनी प्रदेशमा भारी बर्षा : दाङ, बर्दिया र बाँकेमा अति बर्षा! बुटवल – दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलिमिटर वर्षा भएको छ भने  बर्दियाको मानपुरमा एक...
बुटवल पाल्पा सडकखण्डको दर्जनाैं ठाउँमा पहिराे, सडक अबरुद्ध
बुटवल पाल्पा सडकखण्डको दर्जनाैं ठाउँमा पहिराे, सडक अबरुद्ध बुटवल - अविरल बर्षाका कारण बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । सोमबार साँझदेखि ठाउँ ठाउँमा गएको पहिरो र ढुंगा झरेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।बुटवल–पाल्पा सडक अन्तर्गत तिनाउ–३ सिद्धबाबा नजिकै ढुंगा सहितको पहिरो गएको छ ।
कालिका मानवज्ञान माविका रिजन पछाईले ल्याए ३.९५ जीपीए
कालिका मानवज्ञान माविका रिजन पछाईले ल्याए ३.९५ जीपीए बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यार्थी रिजन पछाईले कक्षा १२ को परीक्षामा ३.९५ जीपीए ल्याएका छन्।राष्ट्रिय परिक्षा बोर्डबाट प्रकाशन भएको नतिजा अनुसार उनले सबैभन्दा बढि ३.९५ जीपीए ल्याएका हुन ।
Weather Update