कक्षा १२ नतिजा: नवीन औद्योगिकबाट २ जना उच्च जिपिए सहित ५६५ उतीर्ण
सोमबार, साउन १९, २०८२
वुटवल- साेमबार सार्वजनिक कक्षा १२ काे परीक्षामा बुटवल स्थित नवीन औद्योगिक कदर बहादुर रिता माविबाट उत्कृष्ट अंक सहित ५६५ विद्यार्थी उतीर्ण भएका छन् ।विज्ञान समूहका राजु यादव र व्यवस्थापन समूहका माधव खनालले ३.९४ अंक सहित विद्यार्थी उतीर्ण भएका हुन् ।
ग्रामिण लघुवित्त संस्थाका संस्थापक शेयरधनी महिलाले गुहारे गभर्नर
सोमबार, साउन १९, २०८२
बुटवल – ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लिमिटेडका संस्थापक शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरसँग उजुरी ग्रेका छन् ।संस्थापक शेयरधनी महिलाहरुले संचालक समिति र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले अख्तियारीको दुरुपयोग गरि सम्पन्न गरिएको साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर...
रुपन्देहीमा साउन २५ गतेदेखि तीन दिने नेटवर्किङ बुट क्याम्प हुँदै
सोमबार, साउन १९, २०८२
बुटवल - सूचना प्रविधिको क्षेत्रमा क्रियाशील सि.एस.आई.टी. एशोसियसन अफ नेपाल रुपन्देहीले विद्यार्थीको सीप अभिवृद्धि र व्यवसायिक विकासलाई लक्षित गरेर तीन दिने ‘सि.एस.आई.टी.ए.एन. नेटवर्किङ बुट क्याम्प’ गर्न लागेको छ । यहि साउनको २५ देखि २७ गतेसम्म रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोलस्थित होराइजन जी.बी.एस कलेजमा सञ्चालन हुने कार्यक्रममा आईटी क्षेत्रमा आवद्ध विद्यार्थी, नेटवर्किङमा...
मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत गर्न माग
सोमबार, साउन १९, २०८२
काठमाडौँ - मिडिया काउन्सिलमा अनलाइन टिभी पत्रकारहरुको प्रतिनिधित्व सूनिश्चित गर्न अनलाइन टिभी पत्रकार संघ, नेपालले माग गरेको छ । काउन्सिल सम्वन्धी विधेयकमा छलफल चलाईरहेको संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अम्मर वहादुर थापालाई सुझावपत्र बुझाउदै संघले प्रतिनिधित्वको माग गरेको हो ।
कक्षा १२ को नतिजा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३८.८३ प्रतिशत ननग्रेड
सोमबार, साउन १९, २०८२
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको...
लगातारकाे बर्षाले सिद्वबाबा क्षेत्रकाे यात्रा जाेखिमपूर्ण
सोमबार, साउन १९, २०८२
बुटवल - बुटवल पाल्पा सडकमा सवारी आवजावत जाेखमपूर्ण देखिएकने छ । साेमबार बर्षातले पहिराे जाने र हटाउने गर्दै सवारी चलाईएकाे नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए ।
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
सोमबार, साउन १९, २०८२
भित्री सडक खण्डको अर्जुन चौपारीबाट घर जाने क्रममा ग ८ प २५७ नम्बरको मोटरसाईकल चिप्लिएर नालीमा डुबेको र आफ्नै मोटरसाईकलले च्पापिएर मृत्यु भएको चौधारीले बताए।
नारायणगढ बुटवल सडक निर्माणको भौतिक प्रगति ७० प्रतिशत
सोमबार, साउन १९, २०८२
नारायणगढ(बुटवल सडक निर्माणको सरदार भौतिक प्रगति ७० प्रतिशत रहेको छ । नारायणगढ(बुटवल सडक योजनाका अनुसार सडकको कुल ११३।५३ किलोमिटर लम्बाई मध्ये हाल कालोपत्रे र ढलान गरेको सडक गरि कुल ९९।८५ किलोमिटर अर्थात झण्डै १०० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भइसकेको छ ।
माओवादी स्थायी कमिटी बैठक : आज प्रचण्डले जवाफ दिने
सोमबार, साउन १९, २०८२
काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबारदेखि जारी बैठक आज पनि बस्न लागेको हो । बैठक आजै सक्ने तयारी गरिएको छ । शनिबार र आइतबार धेरै सदस्यहरुले आफ्नो धाराणा राखिसकेकोले आज समापन गर्ने तयारी गरिएको माओवादीले जनाएको छ ।
रुपन्देही, नवलपरासी, दाङमा धेरै बर्षा, अर्घाखाँचीमा ११५ मिलिमिटर बर्षा
सोमबार, साउन १९, २०८२
बुटवल– पछिल्लो २४ घण्टामा देशभर भएको बर्षामा लुम्बिनी प्रदेशका चार जिल्लामा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको सूचीमा यहाँका चार जिल्लामा धेरै बर्षा भएको देखिएको हो ।
लगातारको बर्षापछि गुल्मीका तीन सडक अबरुद्ध
सोमबार, साउन १९, २०८२
गुल्मी – अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो गएपछि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक अवरुद्ध भएको हो । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठुलो पहिरो...
लुम्बिनी सहित पाँच प्रदेशमा भारी बर्षा
सोमबार, साउन १९, २०८२
बुटवल – कर्णाली र सुदूरपश्चिमबाहेक सवै प्रदेशमा वर्षाको सम्भावना छ । लुम्बीनीसहित कोशी, मधेश गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबका केही दिन देशभर मनसुन निरन्तर सक्रिय रहने महाशाखाले जनाएको छ ।
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान
सोमबार, साउन १९, २०८२
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...


