बुटवल भैरहवाको कर्फ्यु सकियो, आज के हुन्छ ?
मंगलबार, भदौ २४, २०८२
बुटवल– जेनजी पुस्ताको आन्दोलनलाई मध्यनजर गरी बुटवल भैरहवामा लगाइएको कर्फ्यु आज (मंगलबार) पनि निरन्तरता दिने की नदिने भन्नेबारेमा प्रशासनले छलफल गर्ने भएको छ । जिल्ला सुरक्षा समितिको बैठक आह्वान गरिएकाले त्यसपछि बस्तुगत अवस्थाका आधारमा निर्णय गरिने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीजिवि रानाले बताए ।
बुटवलका सबै विद्यालयमा आज विदा
मंगलबार, भदौ २४, २०८२
बुटवल- जेनजीहरुको आन्दोलनलाई लक्षित गरी बुटवल उपमहानगरपालिकाले मंगलबार एक दिन सम्पूर्ण विद्यालयहरुमा विदा दिएको छ ।उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले एक विज्ञप्ती जारी गरी बर्तमान विशेष परिस्थितीका कारण भदौ १४ गते एक दिनका लागि बुटवल स्थित सम्पुर्ण विद्यालयहरुमा विदा गरीएको जनाइएको छ ।
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
मंगलबार, भदौ २४, २०८२
काठमाडौं - गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो ।
जेन-जी प्रदर्शन : देशभर ३४७ जना घाइते
सोमबार, भदौ २३, २०८२
सोमबार भएको जेन-जी प्रदर्शनमा ३४७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी ११ अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी निजामती कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ। अस्पतालले १५ जना घाइतेलाई वीर र...
त्रिवि स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगन
सोमबार, भदौ २३, २०८२
देशमा सोमबारको प्रदर्शनपछि असहज परिस्थिति सिर्जना भएको भन्दै त्रिविले परीक्षा स्थगन गरेको हो । भदौ २४, २५ र २६ गतेका दिन (बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म र दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म) सञ्चालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षा हाललाई स्थगन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
जेनजीहरूको प्रदर्शनमा प्रहरीको गोलि प्रहारबाट १९ जनाको मृत्यू
सोमबार, भदौ २३, २०८२
काठमाडौं - सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।
जेनजी पुस्ताको आन्दोलन चर्किएपछि बुटवल-भैरहवा क्षेत्रमा कर्फ्यु
सोमबार, भदौ २३, २०८२
बुटवल- जेनजी पुस्ताको आन्दोलन चर्किएपछि बुटवल-भैरहवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सोमबार अपराह्न ४ बजेदेखि मिति राति १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी गरेको हो।
जेनजी पुस्ताले बुटवलमा पनि गर्याे प्रर्दशन
सोमबार, भदौ २३, २०८२
बुटवल- जेनजी पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध संघीय राजधानी काठमाडौँ सहित देशका प्रमुख सहरमा प्रदर्शन गरेको छ। उनीहरू बुटवल, बिर्तामोड, पोखरालगायतका सहरहरूमा प्रदर्शन गरेका हुन्। बुटवलमा पनि राजनीतिक दलका नेता तथा उनका सन्तानको विलासी जीवनबारे प्रश्न उठाउँदै टिकटकमा ट्रेन्ड चलाएका उनीहरू सोमबार सडकमा उत्रिएका छन् ।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा प्रधान
शनिबार, भदौ २१, २०८२
बुटवल - खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा तथा दशौँ अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले गोपालकुमार प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद न्यौपाने, प्रथम उपाध्यक्षमा राधा भुसाल, द्वीतिय उपाध्यक्षमा टिकाराम शर्मा पौडेल, महासचिवमा यमलाल बेलबासे, सचिवमा कुलचन्द्र गौतम,...
क्याननका विद्यार्थी जीतगढी किल्लामा पुगेर अध्ययन अवलाेकन
शुक्रबार, भदौ २०, २०८२
बुटवल- सामान्यतया विद्यार्थीहरु कक्षाकोठामै अध्ययन गर्छन् । तर, शुक्रबार बुटवल स्थित क्यानन मावि कक्षा १० का विद्यार्थीहरुले अंग्रेज फौजलाई परास्त गरेको बुटवल जतिगढी किल्लाकाे अवलाेकन गरि अध्ययन गरेका छन् ।
नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु
शुक्रबार, भदौ २०, २०८२
लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका देउखुरी मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला रोगको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे ।
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
शुक्रबार, भदौ २०, २०८२
राजनीतिक प्रतिवेदनपछि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

-1757383948.jpg)
