विभिन्न कारागारबाट भागेकाहरुलाइ रुपन्देही प्रहरीले गर्याे नियन्त्रण
शुक्रबार, भदौ २७, २०८२
बुटवल – जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जना कैदी बन्दीहरूलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीहरूलाई रुपन्देहीका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
विहानसम्म हटाएको निषेधाज्ञा ढिलो गरी सुचारु, राती कर्फ्यू
शुक्रबार, भदौ २७, २०८२
बुटवल - रुपन्देही प्रशासनले विहानभर कर्फ्यू र निषेधाज्ञा हटाएको भन्दै जानकारी गराएपनि दिउँसो निषेधाज्ञा र राति कर्फ्यू लगाइएको सुचना निकालेको छ । जिल्लामा हुन सक्ने प्रदर्शन, जुलुस, त झडपजस्ता सम्भावित घटनालाई दृष्टिगत गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको हो।
रुपन्देहीमा हटयाे कर्फ्यू र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै
शुक्रबार, भदौ २७, २०८२
बुटवल- रुपन्देहीमा केही दिनदेखि प्रशासनले लगाएको निषेधाज्ञा र कर्फ्यु आदेश बिहान ६ बजेपछि हटाएपछि जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लगाएको कर्फ्यु आदेश हटाएसँगै जनजीवन क्रमशः सहज बन्दै गएको हो । प्रशासनले शुक्रबार बिहानसम्म लागू गरेको कर्फ्यु र निषेधाज्ञा हटाएपछि जिल्लाभर बजार, यातायात, विद्यालय तथा अन्य...
देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ : राष्ट्रपति
बिहीबार, भदौ २६, २०८२
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन्।
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
बिहीबार, भदौ २६, २०८२
बुटवल– त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ।असामान्य परिस्थितिका कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ। जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ।
संविधान र संसदीय प्रक्रियाबाट निकास खोज्न प्रचण्डको अपिल
बिहीबार, भदौ २६, २०८२
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ ।
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
बिहीबार, भदौ २६, २०८२
काठमाडौं - अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।
रुपन्देहीका शैक्षिक संस्था भोली र पर्सि बन्द हुने, कर्फ्यूले विद्यालय चलाउन कठिन
बुधबार, भदौ २५, २०८२
बुटवल– रुपन्देहीका निजि विद्यालयका संगठन प्याप्सन, एनप्याप्सन र हिसानले देशको पछिल्लो अवस्थालाई मध्यनजर गरी बुधबार र विहिबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनाल, नेश्नल प्याप्सनका अध्यक्ष बाबुराम बन्जाडे, र हिसान रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर न्यौपानेले मंगलबार संयुक्त विज्ञप्ती जारी गरी भदौ २६...
कक्षा १२ को मौका परीक्षा स्थगित
बुधबार, भदौ २५, २०८२
काठमाडौं - कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको जनाएको छ ।
लुम्बिनी विकास कोषद्वारा ज्यान गुमाएका विद्यार्थीप्रति श्रद्धाञ्जली
मंगलबार, भदौ २४, २०८२
लुम्बिनी- जेनजिहरुले गरेको प्रदर्शनमा ज्यान गुमाएका युवा विद्यार्थीहरूप्रति लुम्बिनी विकास कोषले गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ।कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।
सरकारकाे उन्मादले नित्याएकाे दुर्भाग्य !
मंगलबार, भदौ २४, २०८२
जेनजी मेरो सन्तानको पुस्ता हो । मेरा लागि सन्तान भन्दा ठुलो कोही छैन ।मेरा सन्तान देश छोडेर बिदेसिन नपरोस् भनेर वर्षौदेखि आवाज उठाइरहेको छु ।देश भित्र अवसर चाहियो ? रहरले देश छाड्नेको चिन्ता मलाई पटक्कै छैन मलाई ।बाध्यताले अवसर नै मुलुक भित्र नपाएर देश छोड्नेको चिन्ता मेरो सरोकार हो।
रुपन्देहीमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाउने
मंगलबार, भदौ २४, २०८२
पन्देही जिल्लामा सुरक्षा चुनौती बढ्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ।प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा जारी आदेशअनुसार विहान ९:३० बजेदेखि लागू हुने गरी पाँच जनाभन्दा बढी भेला भएर सभा, जुलुस, धर्ना, प्रदर्शन वा अन्य कुनै पनि सामूहिक विरोध गतिविधि गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
जेनजीको रगतमाथि बसेर शासन गर्ने अधिकार छैन
मंगलबार, भदौ २४, २०८२
प्रधानमन्त्री ओली र सत्ताका साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यो आततायी घटनाका प्रमुख दोषी हुन् । यी दुवैले जिम्मा लिनुपर्छ । हामी फेरी भन्छौँ रगतको आहालमा बसेर शासन कुन नैतिकताले गर्नुहुन्छ ?


