बुटवल धागो कारखाना सञ्चालनको माग सहित एकिकृत समाजवादीले बुझायो नगरप्रमुखलाई ज्ञापनपत्र
सोमबार, वैशाख २२, २०८२
बुटवल - नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरले बुटवल धागो कारखाना सञ्चालन सहित विभिन्न जनसरोकारको मागहरु राख्दै सोमबार बुटवल उपमहानगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । उपमहानगरका अध्यक्ष चिनबहादुर गुरुङले नगरप्रमुख खेलराज पाण्डेय मार्फत प्रधानमन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई मागहरु सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
बुटवल बहुमुखीमा क्याम्पसमा अनेरास्ववियुका नेताले विद्यार्थी भर्ना गर्न भन्दै पैसा उठाएकाे खुलासा
आइतबार, वैशाख २१, २०८२
बुटवल - बुटवल बहुमुखी क्याम्पसमा अध्यनरत नेकपा एमाले निकट अनेरास्ववियुका नेताले विद्यार्थी भर्नाका नाम पैसा उठाएर ठगी गरेको खुलासा भएको छ । क्याम्पसले बैशाख १९ गते एक सूचना जारी गरी बिए चौथौ वर्षमा अध्ययनरत विद्यार्थी विवेक कुँवरले विद्यार्थीहरुसँग भर्नाका कागजात र शुल्क उठाएर फाराम नभरेको पाइएकाले कारवाही गरेको छ ।
३२औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
शनिबार, वैशाख २०, २०८२
काठमाण्डौ – ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस, आज नेपालमा पनि मनाइँदैछ । नामिवियाको विण्डहक शहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले ‘मे’ ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन...
केआईआईटीमा नेपाली विद्यार्थी प्रिया मृत्यूबारे छानविन आयोग गठन
शनिबार, वैशाख २०, २०८२
काठमाण्डौ – भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको घटना छानबिनका लागि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले अनुसन्धान समिति गठन गरेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार समितिलाई १० दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन समय तोकिएको छ ।
ललितपुरमा दुर्घटना: सडक विभागका डिई मेघराज मरासिनिकाे जीवन संगिनिकाे मृत्यू
शुक्रबार, वैशाख १९, २०८२
ललितपुरमा दुर्घटना: सडक विभागका डिई मेघराज मरासिनिकाे जीवन संगिनिकाे मृत्यू
विद्यालय शिक्षा विधेयक बजेट अधिवेशनबाटै पारित गर्ने घोषणा
शुक्रबार, वैशाख १९, २०८२
काठमाडौं - सरकारले चालु बजेट अधिवेशनबाटै संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
यस्ताे छ सरकारको नीति तथा कार्यक्रम [ पूर्ण पाठसहित ]
शुक्रबार, वैशाख १९, २०८२
काठमाडौँ– नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेस भएको छ। संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। राजनीतिक स्थिरतालाई निरन्तरता दिँदै नीतिगत स्थीरता सुनिश्चित गर्ने सरकारको लक्ष्य सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
एकिकृत समाजवादी रुपन्देहीले बुझायो ज्ञापनपत्र
शुक्रबार, वैशाख १९, २०८२
बुटवल - नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले शुक्रबार केन्द्रीय कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत ज्ञापनपत्र बुझाएका हुन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा जिल्लाका विभिन्न सरोकारवालाहरुबाट प्राप्त सुझाव समेटेर ज्ञापनपत्र...
दलित क्षेत्रमा ५ अर्ब बजेट छुट्याउन अधिकारकर्मीद्धारा अर्थमन्त्री पौडेलको ध्यानाकर्षण
बिहीबार, वैशाख १८, २०८२
काठमाडौं - करिव पौने ५ अर्ब दलित समुदायको क्षेत्रमा बजेट विनियोजन गर्न भन्दै दलित अधिकारकर्मीले उपप्रधान एवम अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराएका छन् । नेपाल सरकारका पूर्व सचिव डा.मानबहादुर विश्वकर्मा र दलित अध्येता एवम बुद्दिजिवी मेघेन्द्र विश्वकर्माको नेतृत्वमा मन्त्रालयमा पुगेका दलित अधिकारकर्मीले कार्यक्रम खर्चतर्फ एक अर्व ८४ करोड र कोष...
एकिकृत ट्रेड यूनियन र पेशागत महासंघले मनायो १३६ औं श्रमिक दिवस
बिहीबार, वैशाख १८, २०८२
बुटवल - नेकपा एकिकृत समाजवादी निकट एकिकृत ट्रेड यूनियन महासंघ नेपाल लुम्बिनी प्रदेश तथा पेशागत महासंघ नेपाल लुम्बिनीले संयुक्त रुपमा विहिबार १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन् । श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण सम्भव नहुने भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिइएको...
सामुदायिक कुकुरको व्यवस्थापनमा सिद्धार्थनगरको सक्रियता
बिहीबार, वैशाख १८, २०८२
बुटवल – स्थानियको गुनासो सम्बोधन गर्नका लागि सिद्धार्थनगरले सामुदायिक कुकुरहरुलाई व्यवस्थापन गर्न विगत तीन बर्षदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सिद्धार्थनगर नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले समुदायमा रहेका छाडा कुकुरको टोकाइबाट लाग्ने रेबिज रोगबाट नगरबासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उद्देश्यले सामुदायिक (छाडा)...
श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
बिहीबार, वैशाख १८, २०८२
लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । विश्व मजदुर दिवस को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्धता रहेको बताएका हुन ।
आज १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईँदै
बिहीबार, वैशाख १८, २०८२
बुटवल – आज मे १ अर्थात् मे दिवस । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा विश्वभर आज मे दिवस मनाइँदैछ । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै...

-1746456965.jpeg)
