ओभरलोड रोक्ने प्रशासनकाे निर्देशन ट्रक समितले पालना गर्ने
बुधबार, जेठ ७, २०८२
भैरहवा - लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीले ओभरलोड बोक्ने गाडीको भारमिलान गर्ने निर्देशनको स्वागत गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई भैरहवा भन्सार कार्यालय परिसर तथा रुपन्देही क्षेत्रका उद्योगहरुमा उत्पादित वस्तुहरु उद्योग परिसरमै ओभरलोड भार मिलान गर्न जेठ ६ गते रुपन्देही जिल्लाका प्रमु्ु्ु्ु्ु्ु्ु्ु्ुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दिएको निर्देशन लुम्बिनी ट्रक यातायात व्यवसायी संघले स्वागत गरेको छ ।
मेत्ता गुरुकुल विद्याश्रमले मनायो २१ औं बार्षिकोत्सव
शुक्रबार, जेठ २, २०८२
लुम्बिनी - बुद्धजन्मस्थल लुम्बिनीमा अवस्थित मेत्ता गुरुकुल विद्याश्रमले २१ औं बार्षिकउत्सव तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । अन्र्तराष्ट्रिय बौद्ध समाजका प्रमुख भिक्षु मैत्री महास्थविरको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव समारोह गरिएको हो ।
नातीको जन्मदिनमा हजुरबुबा र हजुरआमाको उपहार 'बिमा पोलिसी'
शुक्रबार, जेठ २, २०८२
बुटवल – बुटवलका एक परिवारले जन्मदिनको उपहार विमापोलिसि दिएका छन् । बुटवल ३ का कृष्ण क्षेत्री र हरीकला क्षेत्रीले नातीको जन्मदिनको जन्मदिनमा उपहार स्वरुप बिमा पोलिसी खरिद गरि प्रदान गरेका हुन । नाती प्रारम्भ जंग क्षेत्रीको जन्मदिनको विषेश दिन पारेर उपहार स्वरुप १० लाखको जिवन बिमा खरिद गरेको क्षेत्री दम्पतीले...
हावाहुरीले नवलपरासीमा र कपिलबस्तुमा ३ जनाको मृत्यू
शुक्रबार, जेठ २, २०८२
बुटवल– शुक्रबार अपरान्ह चलेको हावाहुरीका कारण कपिलवस्तु र नवलपरासीमा ३ जनाको मृत्यू भएको छ । नवलपरासीको सुनवलमा दुई र कपिलवस्तुमा एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ । नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ चारपाला बस्ने अन्दाजी ३० बर्षिय मिरा बयम्बु र ४० बर्षिय दुर्गा बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी...
बुटवलका मञ्जेशको नेतृत्वमा नेपालका ४ बालबालिका फिलिपिन्स जाँदै, ग्लाम पेजेन्ट प्रतिस्पर्धामा उत्रदै
शुक्रबार, जेठ २, २०८२
बुटवल - बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने अन्तर्राष्ट्रिय मञ्चमा बुटवलका ३ जना सहित नेपालबाट ४ जना बालबालिकाहरुले भाग लिने भएका छन । जेठ ८ देखि १५ गतेसम्म फिलिपिन्समा हुने लिटल एण्ड टिन ईन्टरनेश्नल ग्लाम पेजेन्ट २०२५ को छैटौ संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै बुटवलका मिस्टर अभिनव न्यौपाने, मिस मिरिन्जा गाहा, अग्रिमा कुवर...
२५६९ औं बुद्धसंवत हो, २६४९ बुद्धजयन्ती हो : प्रधानमन्त्री ओली
सोमबार, वैशाख २९, २०८२
रूपन्देही, बैशाख २९ । बुद्धजयन्तीको समयलाई लिएर भइरहेको बहसमा प्रधानमन्त्री केपि शर्मा ओली जन्मको आधारमा मनाउनुपर्ने पक्षमा उभिएका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन्मजयन्तीको हिसाबले २६४९ औं रहको प्रष्ट पारेका हुन् ।
तिलोत्तमा दलित ज्ञान उत्सव हुँदै
बुधबार, वैशाख २४, २०८२
लुम्बिनी– स्थानीय तहको सक्रियतामा नेपालमै पहिलोपटक दलित ज्ञान उत्सव २०८२ हुने भएको छ। रुपन्देहीको तिलोत्त नगरपालिकामा न्याय, समानता र अधिकारका लागि ‘तिलोत्तमा दलित ज्ञान उत्सव’ गर्ने भएको हो। बुधबार आयोजित पत्रकार सम्मेलन पालिकाले यही वैशाख २६ र २७ गते विभिन्न कार्यक्रमसहित उत्सव गर्न लागेको छ ।
अस्ताए इमान्दार र प्रष्ट नेता प्रदीप नेपाल
बुधबार, वैशाख २४, २०८२
बुटवल– वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित नेपाललाई सोमबार आईसीयूमा राखिएको थियो । नर्भिक अस्पताल थापाथलीमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो ।२०५१ सालमा बनेको एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनी सञ्चारमन्त्री रहेका थिए ।
तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
बुधबार, वैशाख २४, २०८२
बुटवल – मानवसेवा आश्रमको सहकार्यमा आज मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा हो । २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तसम्ममा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका...
सूचना र सेवाप्रवाहमा पारदर्शीताबारे अन्तरक्रिया
मंगलबार, वैशाख २३, २०८२
बुटवल – सूचनाको प्रवाह र सेवाप्रवाहमा पारदर्शिता कायम गर्न सूचनाको हकको प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको छ । पब्लिक भ्वाईस नेपालको आयोजना र बुटवल उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयको सहकार्यमा सूचनाको हकमा नागरिकको पहुंच सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
लुम्बिनीका मुख्यमन्त्री र कोशीका सभामुखविच भेटवार्ता
सोमबार, वैशाख २२, २०८२
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलबीच सोमबार राप्ती उपत्यका (देउखुरी) मा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए ।
होटलमा कार्यरत पेशाकर्मीलाई तालिम
सोमबार, वैशाख २२, २०८२
बुटवल – रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना र स्टर्लिङ इन्टरनेसनल कलेज अफ हस्पिटालिटीको समन्वयमा रुपन्देही आसपासका क्षेत्रमा विभिन्न होटलमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने ९९६ घण्टे० निःशुल्कवेटर/वेट्रेस तालिमको बुटवलमा शुभारम्भ गरिएको छ

