रुपन्देही ३ को उपनिर्वाचनबारे संघीय लोकतान्त्रिक मोर्चाको छलफल
बिहीबार, असार १२, २०८२
रुपन्देही – विर्नाचन आयोगले रिक्त रुपन्देही निर्वाचन क्षेत्र न. ३ मा निर्वाचनको तयारी शुरुगरेसँगै चुनावी सरगर्मी बढेको छ । रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनलाई नै लक्षित गरी मधेस केन्द्रित सात सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले विहिबार छलफल गरेको छ । लाजिम्पाट वावा होटेलमा विहिबार बसेको मोर्चाको बैठकमा उपनिर्वाचनमा मिलेर जानेबारे छलफल भएको थियो । उपचुनावमा साझा उम्मेदवार बनाएर जानेबारे छलफल भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए।
लागुऔषध दुर्व्यसन: खुला सिमानाको अभिशाप र भत्कँदो युवा भविष्य
बिहीबार, असार १२, २०८२
किशोरावस्था र युवावस्था संवेदनशील चरण हो। यो उमेरमा उनीहरू सामाजिक, भावनात्मक र मानसिक रूपमा अस्थिर हुने गर्छन्। साथीहरूको प्रभाव, कौतुहलता, र प्रचार माध्यममा देखाइने 'ग्ल्यामराइज्ड' जीवनशैलीका कारण उनीहरू लागूऔषधप्रति आकर्षित हुने गर्छन्। खुला सिमानाबाट सस्तो मूल्यमा लागू औषध सहजै उपलब्ध हुने अवस्था छ। तस्करहरूको जालो सहरदेखि गाउँसम्म फैलिएको छ। विद्यालय...
शान्ति समाज रुपन्देहीद्वारा लागुऔषध दुर्व्यसन तथा यातना विरुद्ध सचेतना
बिहीबार, असार १२, २०८२
बुटवल - मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवल योगिकुटी स्थित मणिमुकुन्द कलेजमा करिब १५०विद्यार्थीहरूको उपस्थितिमा यातना पीडितहरूको सहायतार्थ राष्ट्रसङ्घीय दिवस तथा लागुऔषध दुर्व्यसन विरुद्ध अन्तर्राष्ट्रिय दिवस ( २६ जुन) दुवै दिवसको अवसरमा यातना विरुद्ध र लागुऔषध/मदिरा दुर्व्यसन विरुद्ध सचेतता कार्यक्रम सम्पन्न भएको छ । आज बिहान ७ बजेदेखि ८:३०...
बुटवल उपमहानगरद्वारा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण
बिहीबार, असार १२, २०८२
ज्येष्ठ नागरिकलाई घरमै गएर परीक्षण र उपचार गर्ने नगरको यो प्रयास ज्यादै उदाहरणीय र प्रशंसा योग्य रहेको ज्येष्ठ नागरिकको भनाइ छ । बुटवल–९ का ज्येष्ठ नागरिक ईश्वरी ज्ञवाली उपमहानगरका नगर प्रमुखसहित चिकित्सकको टोली घरमै आएर उपचार गर्दा खुसी लागेको बताउनुहुन्छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल
बिहीबार, असार १२, २०८२
बुटवल– निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरुलाई मतदाता नामावलीमा नाम दर्ता गराउन अपिल गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने तयारी सुरु गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको...
दृष्टि मिडियाविरुद्ध अवहेलना मुद्दामा सम्पादकद्वयसँग बयान सुरु
बिहीबार, असार १२, २०८२
काठमाडौं – दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बाविरुद्ध अवहेलना मुद्दामा विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतको पूर्ण इजलासमा सम्पादकद्वयसँग बयान लिने कार्य भइरहेको छ ।दृष्टि मिडियाविरुद्ध विशेष अदालतका कर्मचारीहरुले प्रतिवेदन तयार गरी तीन दिनभित्र जवाफ दिन आदेश दिएपछि आज बयान सञ्चार...
लालपुर्जाले दियो शताब्दी वृद्धालाई खुसी
बिहीबार, असार १२, २०८२
लमहीमा पहिलो पटक २४ जना भूमिहीन सुकुमवासीले ४५ वर्षपछि बसोबासकै ठाउँको जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरूका अघिल्लो पुस्ताले पनि कहिल्यै पुर्जा देखेका थिएनन् ।
कपिलवस्तुका पाँच पालिकामा भूमिहीन सुकुम्वासीको जग्गा नापजाँच सुरु
बिहीबार, असार १२, २०८२
अहिलेसम्म कपिलवस्तु नगरपालिका–६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगङ्गा नगरपालिका–१० र ११, बुद्धभूमि नगरपालिका–६ र ७, शिवराज नगरपालिका–११ र विजयनगर गाउँपालिका–१ मा नापी टोली परिचालित रहेको आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिनुभयो ।
नवलपरासी रामग्रामका व्यापारी सौरभ यादव सहित ४ जना विरुद्ध राजस्व चुहावटमा मुद्धा दायर
बुधबार, असार ११, २०८२
नवलपरासी (पश्चिम), रामग्राम ८ स्थित नवज्योती ट्रेडर्सका सञ्चालक सौरभ यादव, क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा ५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मूल्य अभिबृद्धि करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार...
युद्धग्रस्त इरानबाट सकुशल बुटवल फर्के सुमन र गणेश, मेयर पाण्डेद्धारा भेटघाट
बुधबार, असार ११, २०८२
बुटवल - युद्धग्रस्त देश इरानमा रोजगारीका लागि गएका बुटवलका दुई नेपाली युवा बुधबार घर आइपुगेका छन् । उनीहरुलाई नेपाल सरकारको अनुरोधमा इरानको मसादबाट भारत सरकारले उद्धार गरेर नेपाल फर्काइएको हो ।बुटवल उपमहानगरपालिका–१२ का गणेशप्रसाद पोखरेल र वडा नं १३ का सुमन गैरे कपिलवस्तुको कृष्णनगर नाका हुँदै बुधबार बुटवल घर आइपुगेका...
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
बुधबार, असार ११, २०८२
काठमाडौँ – पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई बुधबार ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली...
एमालेका अध्यक्ष ओलीले बुझाए लेवि वापत मासिक २५ हजार
बुधबार, असार ११, २०८२
काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । उनले बुधबार पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् । एमालेका नेतारकार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा छ । सोही अनुसार सांसदसहित लाभको पदमा...
पूर्वप्रधानमन्त्री नेपालको बयान सकियो, थुनछेक बहस शुरु
बुधबार, असार ११, २०८२
काठमाडौं - विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले हालेको मुद्दामा उनले बयान दिएका हुन् । बयानपछि थुनछेक बहस सुरु भएको छ। थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ । वरिष्ठ अधिवक्ता नै डेढ दर्जन जति छन् ।शम्भु थापा,...


