Lumbini Rise
दुम्कीवास–दाउन्ने सडक: अस्थायी डाइभर्सनको स्थायी समस्या, यात्रुलाई अझै सास्ती
दुम्कीवास–दाउन्ने सडक: अस्थायी डाइभर्सनको स्थायी समस्या, यात्रुलाई अझै सास्ती बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास–दाउन्ने सडक खण्ड यात्रुहरुका लागि सबैभन्दा बढि पिडा दिने मार्ग बनेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास–दाउन्ने सडक खण्डबाटको विनयी खोलाको बनाइएको अस्थायी डाइभर्सन बगाउँदा यात्रुले सास्ती पाएका हुन् ।वर्षाले विनयीखोलामा आउने बाढी र सडक हिलाम्मे हुँदा चार दिनदेखि यातायात...
शंकर नगर सामुदायिक वनमा वन संवर्द्धन सम्बन्धी अन्तरक्रिया 
शंकर नगर सामुदायिक वनमा वन संवर्द्धन सम्बन्धी अन्तरक्रिया  तिलोत्तमा -  शंकरनगर सामुदायिक वन उपभोक्ता समिति तिलोत्तमा १ रुपन्देहीले वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ । सामुदायिक वनको वार्षिक कार्य योजना अनुसार तिलोत्तमा नगर क्षेत्रका राजनैतिक दल, विद्यालयका शिक्षक, विद्यार्थी, खानेपानी संस्था, पत्रकार, सामाजिक संघ संस्था र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा अन्तरक्रिया गरिएको हो। 
भारतीय राजदूतावासद्धारा लुम्बिनीमा योग प्रदर्शन 
भारतीय राजदूतावासद्धारा लुम्बिनीमा योग प्रदर्शन  बुटवल– नेपाल स्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा शुक्रबार लुम्बिनीमा योग प्रदर्शनको आयोजना गरेको छ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती तथा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उपस्थित थिए। प्रदेश प्रमुख घर्ती र खेलकुदमन्त्री चौधरीले पवित्र लुम्बिनी भूमि योग जस्तो शान्तिपूर्ण अभ्यासको उपयुक्त स्थल भएको बताउँदै भारत–नेपालबीचको...
लुम्बिनी सहित चार प्रदेशमा भारी बर्षा हुने
लुम्बिनी सहित चार प्रदेशमा भारी बर्षा हुने बुटवल –  लुम्बिनी प्रदेश सहित अधिकांश भूभागमा आज बर्षा हुने भएको छ । लुम्बिनी सहित कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग मनसुनी वायुको प्रभाव रहेको छ । देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पश्चिम बङ्गाल आसपासको...
स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छ : मुख्यमन्त्री आचार्य 
स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छ : मुख्यमन्त्री आचार्य  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको मुख्यमन्त्री आचार्यले बताएका हुन् ।
दुम्कीवास–दाउन्ने खण्डको सडक प्रभावित, वैकल्पिक सडक प्रयोग गर्न सुझाव 
दुम्कीवास–दाउन्ने खण्डको सडक प्रभावित, वैकल्पिक सडक प्रयोग गर्न सुझाव  ​​​​​​​बुटवल –  पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास–दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएपछि यात्रा कष्टकर बनेको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो। पटक पटक डाईभर्सन बगाउने गरेको छ । 
चट्याङ लागेर कपिलबस्तुमा एक महिलाको मृत्यू 
चट्याङ लागेर कपिलबस्तुमा एक महिलाको मृत्यू  कपिलवस्तु –कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ । जिल्लाको विजयनगर गाउँपालिका –५, नौरंगियामा चट्याङ लागेर  ४५ वर्षीय जन्ममति यादवको मृत्यू भएको हो । बुधवार साँझ करिब साढे ५ बजे डालपुर–नयाँ बस्ती नजिकको खेतमा भैँसी चराइरहेकी यादवलाई अचानक चट्याङ लागेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
बालक एरिक र इभानको उपचारमा आर्थिक सहयोग गर्न परिवारको अपिल
बालक एरिक र इभानको उपचारमा आर्थिक सहयोग गर्न परिवारको अपिल ​​​​​​​भैरहवा - सुन्न र बोल्न नसक्ने आफ्ना सन्तानको उपचारमा आर्थिक सहयोग गर्न यहाँको एक परिवारले सबैमा आह्वान गरेका छन् । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं ३ मा स्थायी घर भई हाल सिद्धार्थनगर–९ मा बस्दै आएका सन्तराम थारु तथा सुनिता कार्कीका ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक थारु र इभान थारु दुबै...
बिनयी खोलामा डाइभर्सन निर्माणपछि गाडी चल्न शुरु 
बिनयी खोलामा डाइभर्सन निर्माणपछि गाडी चल्न शुरु  नवलपरासी — बाढीले बगाएको बिनयी खोलामा डाइभर्सन निर्माण गरेपछि बुधबार रातीदेखि दुम्कीवासमा यातायात सञ्चालन भएको छ । मंगलबार रातिको यातायत सञ्चालन रोकिएको थियो । दुम्कीवासको बिनयी खोलमा डाइभर्सन निर्माण गरेर बुधबार बेलुका ७ बजेबाट एकतर्फी यातायात सुरु भएको जिल्ला प्रहरी प्रमुख यादव ढकालले बताएका हुन ।  बुटवलबाट नारायणगढतर्फ आउँदै गरेका...
भैरहवाकाे एक स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यू 
भैरहवाकाे एक स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यू  बुटवल– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको एक स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सिद्धार्थनगर नगरपालिका १ स्थित अको पार्कमा पौडी खेल्ने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता...
रास्वपाका सांसदको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित
रास्वपाका सांसदको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित काठमाडौं – प्रतिनिधि सभाको बैठकमा रास्वपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले अवरोध गरेपछि बैठक स्थगित भएको छ । वेल घेरेर रास्वपाले निरन्तर नाराबाजी गरेपछि सभामुखले आजै बस्नेगरी ३० मिनेटका लागि बैठक स्थगित गरे ।
Weather Update