चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा छात्रछात्रालाई निःशुल्क पोशाक
मंगलबार, असार ३, २०८२
साइकल सौन्दर्य पुस्तकका लेखकसँग बुटवलमा अन्तरक्रिया
मंगलबार, असार ३, २०८२
बुटवल– लेखक तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताबका बारेमा बुटवलमा अन्तरक्रिया गरिएको छ । सोमबार बुटवलस्थित हिमालय बुक हाउसमा लेखकसँग हस्थाक्षर तथा अन्तरक्रिया गरिएको हो । छलफलमा लेखक श्रेष्ठले साईकल सौन्दर्यका विविध पाटाहरुलाई किताबमा उल्लेख गरेको बताउँदै किताब र साईकलका बारेमा सुझाव समेत संकलन गरे ।
विनयीखोलाको डाईभर्सन फेरी बगायो, पूर्वपश्चिम राजमार्ग प्रभावित
मंगलबार, असार ३, २०८२
बुटवल – पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित भएको छ। गएरातिको वर्षाले विनयी खोलाको डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्ने गाडीहरु प्रभावित भएका हुन्। र डाइभर्सनभन्दा माथिबाट पानी बगिरहेकाले गाडी वारपार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता एवम् डिएसपी मधु नेपालले...
पाल्पामा बलेरो जिप दुर्घटना हुँदा बुटवल बस्ने २ जनाको मृत्यू
मंगलबार, असार ३, २०८२
पाल्पा – पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका छन् । दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर...
लुम्बिनी प्रदेशका केही भागमा आज आंशिक बदली
सोमबार, असार २, २०८२
बुटवल – लुम्बिनी प्रदेश सहिथ देशका विभिन्न भूभागमा आज मनसुनी वायुको प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनीका पूर्वी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने छ...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आइतबार, असार १, २०८२
बुटवल– पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको हो भने डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्यवृद्धि भएको हो ।
लुम्बिनी प्रदेशको बजेट (पूर्ण पाठ)
आइतबार, असार १, २०८२
बुटवल –लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत...
लुम्बिनीको आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्य सुरु (LIVE)
आइतबार, असार १, २०८२
दाङ– लुम्बिनी प्रदेशकोआगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्य शुरु भएको छ । राप्ती उपत्यकाको देउखुरीमा साँझ ६ बजेदेखि शुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गरिरहेका छन् ।
परिचयपत्रका लागि सहज वातावरण बनाउन एमाले बुटवल नगरसमितिको ज्ञापनपत्र
आइतबार, असार १, २०८२
बुटवल– नेकपा एमाले बुटवल नगर कमिटीले सेवा प्रवाहलाई व्यवस्थित बनाउन आग्रह गर्दै इलाका प्रशासन कार्यालय, बुटवलमा ज्ञापनपत्र बुझाएको छ ।
आइतबार नगर कमिटी अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधि टोलीले बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएको जनाउँदै कार्यालयको सेवालाई बिहान ७ बजेदेखि नै प्रारम्भ गर्न आग्रह गरेको हो ।
लुम्बिनी मन्त्रीपरिषद् बैठक : बजेट पेस गर्न स्वीकृती, प्रदेशसभा बैठक कतिखेर ?
आइतबार, असार १, २०८२
राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो । बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा...
गजेडीतालमा बसेर कलाकारले क्यानभासमा उतारे थरीथरीका चित्र
आइतबार, असार १, २०८२
रुपन्देही - रुपन्देहीका पर्यटकीय क्षेत्र गजेडीतालमा कलाकारहरूले क्यानभासमा थरिथरिका चित्र उतारेका छन् । रुपन्देही आसपास र काठमाडौँबाट आएका २० जना कलाकारहरूले कञ्चन गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र सांस्कृतिक एवम् प्राकृतिक सम्पदाको चित्र बनाएका हुन् ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका र नागरिक लगानी कोषबिच सम्झौता
आइतबार, असार १, २०८२
गुल्मी – नागरिक लगानी कोष र गुल्मीको रुरु क्षेत्र गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरी सम्झौता गरेका हुन् । सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी...
अर्घाखाँचीमा श्रीमान्को हत्या आरोपमा श्रीमती पक्राउ
आइतबार, असार १, २०८२
अर्घाखाँची – अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले श्रीमान् ३८ वर्षीय रामु कुमाललाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनास्थलबाट हतियारसहित मेखमाया कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीमान्–श्रीमतीबिच...

-1750150327.jpg)
