Lumbini Rise
रुपन्देही क्षेत्र नं‍. १ :  मतदाता धेरै, ३१ उम्मेदवार मैदान 

बुटवल - प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुपन्देही क्षेत्र नं. १ मा कुल १ लाख ४६ हजार ८२४ मतदाता रहेका छन्। निर्वाचन आयोग, नेपालका अनुसार पुरुष मतदाता ७३ हजार ६५४ (५०.३० प्रतिशत) र महिला मतदाता ७२ हजार १६८ (४९.७० प्रतिशत) रहेका छन् भने अन्य मतदाता २ जना रहेका छन्।

यस निर्वाचन क्षेत्रमा ४५ मतदान स्थल र १५९ मतदान केन्द्र तोकिएका छन्। २९ जना पुरुष र २ जना महिला गरी ३१ जना उम्मेद्वार मैदानमा छन् । राजनीतिक दलबाट २० जना तथा स्वतन्त्रबाट ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

उम्मेदवारहरूमा खस आर्य समुदायका सबैभन्दा बढी  ५१.६१ प्रतिशत उम्मेदवार रहेका छन् भने आदिवासी जनजाति १६.१३ प्रतिशत, मुस्लिम ९.६८ प्रतिशत, मधेसी ६.४५ प्रतिशत, दलित ६.४५ प्रतिशत र थारू ९.६८ प्रतिशत रहेका छन्। 
 

याे पनि पढनुहाेस् 

रुपन्देही क्षेत्र नं २ : पुरुष भन्दा महिला मतदाता धेरै, ३९ उम्मेदवार छन् मैदान

रुपन्देही क्षेत्र नं. ३ : १ लाख ४० हजार बढी मतदाता, ३६ उम्मेदवारमध्ये २ जना मात्रै महिला

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update