Lumbini Rise
जनउत्थान सामुदायिक लघुवित्तले मनायो १५ औं साधारणसभा

बुटवल-  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५ औं साधारणसभा शनिबार  बुटवलमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । 

कार्यक्रम संस्थाका अध्यक्ष डा. मानबहादुर बिकेको अध्यक्षतामा भएको साधारणसभामा  प्राध्यापक डा. द्रोणप्रकाश रसालीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्ष बिकेले आ.व. ०८१।०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।  पूर्व अध्यक्षहरु तथा संस्थापक बाबुराम विश्वकर्मा, डा. यमबहादुर बिके र रेवन्तबहादुर विश्वकर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । सोही सभामा पूर्व सञ्चालक तथा संस्थापक माधवप्रसाद नेपाल, पूर्व सञ्चालक तथा सर्वसाधरण शेयरधनी गोकर्ण बहादुर कार्की क्षेत्री, नेपाल सरकारका सहसचिव सफल पोर्तेल, संस्थाको बैकिङ समुदाय सदस्य तथा उद्यमी सरिता जोशील मन्तव्य राखेका थिए।

man-bdr-bk--1773634514.jpg


साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित, आ.व. ०८१।०८२ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचि पारित, आ.व. ०८२।०८३ को बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । विशेष प्रस्तावको रुपमा अन्य उपयुक्त संस्थालाई गाम्ने, गाभिने वा प्राप्तिसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया पूरा गर्न संचालक समितिलाई अधिकार प्रत्योजन गर्ने निर्णय गरेको छ ।

संस्थाले मिति २०८२ पौष मसान्तसम्म कुल ४३५७३ सेवाग्राही सदस्यहरुलाई सेवा प्रवाह गरेको छ । सोही अवधिमा रु २, १९,९०,२१,९०७ कुल कर्जा लगानी र रु १,००,६३,६३,१३७ बचत परिचालन गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले संस्थाको संक्षिप्त गतिविधि बारे प्रकाश पारेका थिए । संस्थाका सञ्चालक हुँमा कुमारी कुँवर थापाको स्वागत मन्तव्यमा  नायब प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद उपाध्यायले कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update