लुम्बिनी - संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले वर्तमान विश्वमा बुद्ध शिक्षाको महत्व वढेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा चिनियाँ दुतावसले गरेको लुम्बिनीमा आयोजना गरेको बौद्ध ध्यान कार्यक्रममा बोल्दै विश्व परिवेशमा द्वन्द्वात्मक मानसिकता, असहिष्णुता र मनोवैज्ञानिक विभाजनको चुनौती बढिरहेको सन्दर्भमा बुद्ध शिक्षाको महत्व झन् वढेको बताएका हुन् ।
भगवान बुद्धका उपदेशले मानवजातिलाई करुणा, सहिष्णुता र समझदारीको मार्ग देखाएको उल्लेख गर्दै उनले लुम्बिनी एक ऐतिहासिक सम्पदाको साथै विश्व शान्तिका लागि मानवताको एउटा पवित्र प्रतीक भएको बताए ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल चिन विच गहिरो साँस्कृतिक सम्बन्ध रहेको बताए । शान्तिलाई सर्वोपरी मान्ने र भिन्नतालाई सम्मान गर्ने चिनियाँ मान्यता रहेको उल्लेख गर्दै वर्तमान विश्व परिवेसको सामाना गर्न बौद्ध मान्यतामा आधारित करुणा प्रमुख माध्यम भएको बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले विश्वभरका शान्तिप्रेमि मानिसहरुलाई लुम्बिनीमा स्वागत गर्न तयार रहेको बताए । बुद्ध शिक्षा केवल बौद्ध मार्गीको लागि मात्रै सबै प्राणीजगतको हितका लागि भएको उल्लेख उनले जीवनमा एकपटक लुम्बिनी आउन आग्रह गरे ।


