Lumbini Rise
उद्योगी व्यवसायीहरू प्रतिस्पर्धी होइन, आर्थिक समृद्धिका सहयात्री हुन् : अध्यक्ष टंक प्रसाद पोखरेल


बुटवल- नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष, प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन गरिएको छ ।

बुधबार बुटवल, मिलनचोकस्थित चेम्बरको प्रदेश कार्यालयमा संस्थाका अध्यक्ष टंक प्रसाद पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। निजी क्षेत्रका दुई प्रतिष्ठित व्यावसायिक संस्थाहरूबीचको समन्वय, सहकार्य र कार्यगत एकतालाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा चेम्बरका प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष, प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्यहरूलाई चेम्बर सचिवालयमा हार्दिक स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

निजी क्षेत्रका दुवै संस्थाका पदाधिकारी तथा सदस्यहरूको ठूलो उपस्थिति रहेको उक्त कार्यक्रममा नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गरिएको थियो।

बैठकमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको मूल अवधारणा प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले भन्नुभयो, "निजी क्षेत्रका व्यावसायिक संस्थाहरू एकआपसमा प्रतिस्पर्धी होइनन्, बरु  आर्थिक समृद्धिका सहयात्री हुन्।"

सो अवसरमा मुलुकको लगानी प्रवर्द्धन, उत्पादन वृद्धि, रोजगारी सिर्जना र नीतिगत सुधारका लागि एनसिसि लुम्बिनी प्रदेश र एफएनसिसिआइ  लगायतका सबै व्यावसायिक संस्थाहरू एकजुट भएर अगाडि बढ्नुपर्ने धारणामा सर्वसम्मत सहमति जुटेको छ।

बैठकले निजी क्षेत्रबीचको समन्वय र सहकार्यलाई थप बलियो बनाउने विषयमा गहन छलफल गर्दै आगामी दिनमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघबीच समन्वयात्मक रूपमा सार्थक ढंगले कार्यगत एकता गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष पोखरेलले उपस्थित सम्पूर्ण अतिथि  धन्यवाद ज्ञापन गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update