लुम्बिनी - बाैद्व धर्म गुरु छाेकि निमा रिन्पाेछेले रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्र, विशेषगरी टिमुरे, स्याफ्रुबेसी र रसुवागढी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति, भौतिक संरचनाको विनाश तथा धेरै नागरिकहरू बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्राकृतिक विपद्को घडीमा बाढी तथा पहिरोमा परी अमूल्य जीवन गुमाउनुभएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गरेका छन् । रिपाेन्छेले एक वक्तव्य मार्फत विपद्मा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ होस्, बेपत्ता हुनुभएका सबै जना सकुशल फेला परी आफ्ना परिवार तथा आफन्तजनसँग पुनर्मिलन हुन सकून् भन्ने कामना गरेका छन्।

प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरू सफलतापूर्वक र शीघ्र अघि बढून् भन्ने वक्तव्यमा कामना गरिएकाे छ ।
'श्रद्वेय गुरूवर छोकी न्यीमा रिन्पोन्छे ज्यूकाे करकमलबाट प्रेरित भई, श्रद्धेय उर्गेन टुल्कु याङसी रिन्पोछेज्यू, श्रद्धेय फाग्छोक रिन्पोछेज्यू लगायत यस गुम्बा अन्तर्गतका सम्पूर्ण भिक्षु–भिक्षुणीहरूद्वारा दिवंगतहरूको उत्तम गति तथा सुगतिमा जन्मका लागि दैनिक रूपमा पुण्य समर्पण, प्रार्थना तथा पूजापाठ भइरहेको छ' वक्तव्यमा भनिएकाे छ । रसुवाकाे काढीबाट प्रभावितहरू र सम्पूर्ण दुख निवारणका लागि दैनिक प्रार्थना गर्ने गरिएकाे छ


