Lumbini Rise
बुटवलमा डिजिटल पत्रकारिता तालिम शुरु

बुटवल -  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारहरुले आफूलाई समयअनुसार ज्ञान, सिपको विकास गर्नुपर्ने बताएका छन्। उनले पछिल्लो समय डिजिटल प्रविधिमा आधारित पत्रकारिताको विकास भइरहेकाले यसलाई आत्मासाथ गरेर अगाडि बढ्नुपर्ने बताए।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बिहिवारदेखि बुटवलमा शुरु गरेको दुई दिने डिजिटल पत्रकारिता तालिम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पोखरेलले यस्तो बताएका हुन।

पोखरेलले प्रविधिको विकाससंगै पत्रकारले आफुलाई अपडेट गर्नुपर्ने बताए । प्रविधिको ज्ञान सबैलाई आवश्यक रहेको उल्लेख गर्दै उनले पत्रकारिताको पुरानो पुस्ताले पनि समयसंगै आफुलाई परिस्कृत गर्नुपर्ने धारणा व्यक्त गरे। 

यस्तै तालिम शुभारम्भमा पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौंलागाईले पत्रकारको क्षमता विकासका लागि महासंघले तालिम र फेलोशिपका कार्यक्रम ल्याएको बताए। उनले आफूहरूले एक करोड राशिको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिए। 

कार्यक्रममा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नवलपरासी अध्यक्ष केशव पराजुली, संचारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल लगायतले बोलेका थिए। 

तालिमको प्रशिक्षक सूचना प्रविधि विज्ञ उज्जवल आचार्य रहेका छन्। तालिममा पाल्पा, रुपन्देही र नवलपरासीका ५० जना पत्रकारहरुको सहभागिता रहेको पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष एव तालिम संयोजक रामप्रसाद आचार्यले जानकारी दिए। 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update