Lumbini Rise
लुम्बिनी बजेट:  लुम्बिनी विकास प्राधिकरण गठन गरिने 

बुटवल – लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८२/०८३ को बजेटमा  उद्योग पर्यटन तथा यातायात मन्त्रालयका लागि १ अर्ब ९० करोड बजेट छुट्याइएको छ । आईतबार लुम्बिनी प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त बजेट पेश गरेका हुन् ।

बुद्धजन्मस्थल लुम्बिनीमा प्रदेश सरकारले आफ्नो अस्तित्व खोज्नका लागि लुम्बिनी विकास प्राधिकरण गठन प्रक्रिया अगाडि बढाउने गरी बजेट छुट्याइएको छ । लुम्बिनीमा पाईला टेक भन्ने नाराका साथ लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध शिखर सम्मेलनका लागि बजेट छुट्याइएको अर्थमन्त्री कार्कीले बताए । 

पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासमा निजि क्षेत्रसँग सहकार्यको नीति लिने बजेटमा भनिएको छ । यसैगरी पर्यटन प्रवद्र्धनका लागि तराईमा रमाउने, पहाडमा घमाउने र हिमाल चढाउने गरी बजेट छुट्याइएको छ । उद्योगको विकास तथा यातायात क्षेत्रलाई व्यवस्थित बनाउन बजेट छुट्याइएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update