Lumbini Rise
संस्कृति समाजकाे प्राण तत्व हाे : मन्त्री पाण्डे

काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजकाे प्राण तत्व भएकाे बताएका छन्।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेकाे विभिन्न ११ विधाका स्रष्टाहरूलाई पुरस्कार वितरण कार्यक्रममा उनी यस्ताे बताएका हुन्।

उनले भने, “संस्कृति एउटा अमूर्त विषय हाे, तर यसैभित्र शक्ति छ, प्राण छ। संस्कृति भनेकाे प्रत्येक समाजकाे प्राण तत्व हाे। यदि संस्कृति छैन भने त्यो समाज नै छैन भन्ने बुझ्नुपर्छ। त्यो समाजकाे पहिचान छैन भन्ने बुझ्नुपर्छ।”

मन्त्री पाण्डेले संस्कृति मार्फत वहन गरिने साहित्य र दर्शनलाई “अनुपम” भन्दै त्यसलाई दुनियाँका लागि “दर्शनीय” भनेका छन्।

उनले थप भने, “हाम्रो पर्यटन विविधतापूर्ण छ। नागरिक उड्डयन क्षेत्र पनि छ। याे सरकारलाई एक वर्ष पुगेकाे छ। यस अवधिमा मैले प्रकृति र संस्कृतिकाे विविधता बारेमा भन्ने गरेकाे छु। संस्कृति र प्रकृतिलाई चलायमान बनाउँदै यसको अधिकतम उपयोग गर्ने दिशामा काम गरिरहेको छु।”

नागरिक उड्डयन क्षेत्रलाई सुचारु र गतिशील बनाउन स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

कार्यक्रममा मन्त्री पाण्डेले सुधारका कुरालाई छायामा पारेर केवल नकारात्मक कुरा मात्रै गर्ने प्रवृत्ति गलत भएकाे भन्दै मन्त्रालयले सुधारका विभिन्न योजनासहित काम गरिरहेको कुरा पनि स्पष्ट पारेका छन्।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update